काठमाडौं
युवा व्यावसायी प्रदिप न्यौपाने दक्षिण चिनिया प्रान्तहरुकालागि नेपाल च्याम्वर अफ कर्मस ( एनसीसी) को व्यापार प्रतिनिधीमा नियुक्त हुनुभएको छ।
नेपाल च्याम्वर अफ कर्मस (एनसीसी) का अèयक्ष राजेन्द्र मǔलले शुक्रवार व्यावसायी न्यौपानेलाई प्रमाणपत्र प्रदान गर्नुभएको हो। चीनमा लामो समयदेखि व्यापार व्यावसाय गर्दै आउनुभएका न्यौपाने गैरआवासीय नेपाली संघ चीनका पूर्व अध्यक्ष समेत हुनुहुन्छ। साथै न्यौपाने हाल गैरआवासीय नेपाली संघको एसिया प्यासिफक क्षत्रीय सचिव पनि हुनुहुन्छ।
एनसीसीको व्यापार प्रतिनिधी नियुक्त भएसँगैको संक्षिप्त कुराकानीमा व्यावसायी न्यौपानेले व्यापार क्षेत्रमा आफ्नो लामो अनुभव र सवै साथिहरुको सहयोग एवं सहकार्यका आधारमा आफूले रचनात्मक र प्रभावकारी कार्य गर्ने वताउँनुभयो। एनसीसी मार्फत चीनमा रहेका नेपाली र चिनिया व्यावसायीहरुलाई नेपालमा व्यापार व्यावसाय गरिरहेकाहरुसँग सहकार्य र व्यापार विस्तार गर्न आफुले सक्ने प्रयत्न गर्ने न्यौपानेको भनाई थियो। चीनमा आयोजना हुने व्यापारिक मेला तथा विभिन्न कार्यक्रमहरुमा आफुले एनसीसीको प्रतिनिधित्व गरी सहकार्य र व्यापार विस्तारमा पहल गर्नेमा उहाँले जोड दिनुभयो।
दक्षिण चीनमा क्वान्तोङ, हाईनान, हेनान, हपेई र हुनान प्रान्तहरु तथा क्वान्सी चुवाङ
स्वायत्त क्षेत्र पर्दछन्। यी क्षेत्रहरु क्षत्रीय तथा अन्तराष्ट्रिय व्यापारीक केन्द्रहरु नै हुन्। नेपालीलगाएत विश्वका विभिन्न मुलुकहरुवाट आएका व्यापारीहरु यी क्षेत्रका विभिन्न
स्थानहरुमा रहेर आयात निर्यात व्यापारमा लागिपरेका हुन्छन्। त्यसकारणपनि प्रान्तिय तथा केन्द्रीय सरकारले यस क्षेत्रको विकास, सुरक्षा र प्रवन्धमा धेरै नै महत्व दिएर कार्य गरेको छ।
युवा व्यावसायी न्यौपानेको कामरु ट्रेडिङ नेपालमैपनि अन्र्तराष्ट्रिय ब्रान्ड केल्मीको आधिकारिक विक्रेता हो। जसको नेपालका विभिन्न सहरहरुमा शाखाहरुपनि सञ्चालन भईरहेका छन्। न्यौपानेको अग्रसरतामा केल्म ब्रान्डले नेपालका खेलकुल क्षेत्रलाई आर्थिक तथा प्राविधिक सहयोगहरुपनि पुर्याउदै आएको छ।
एनसीसीको व्यापार प्रतिनिधीको जीम्मेवारीले आफुलाई थप सक्रिय र उर्जासिल भएर अन्र्तराष्ट्रिय व्यापार व्यावसायमा लागिपर्न उत्प्रेरित गरेको न्यौपानेले बताउनुभयो।
प्रकाशित मिति:
आईतबार, असार १९, २०७९, ०८:१८:००