दिवाकर चौलागाई/ सौल। काभ्रे सम्पर्क समिति, दक्षिण कोरियाको आयोजनामा आउदो जुलाई ३० र ३१ तारिक शनिवार र आइतवार वनभोज कार्यक्रम गर्ने भएको छ। कोरिया स्थित [ग्यङगिदो, फोछनसी, गुन्नेम्यन, साङसङबोङनी, ३५०-३८बन्जी {इलम्यङ थाउन} ( 경기도 포천시 군내면 상성복리 350-38 번지 ( 일명 타은)] मा बृहत बनभोज तथा परिचयात्मक कार्यक्रम हुने भएको हुनाले उक्त संस्थाले सो रमाइलो कार्यक्रमा परदेशमा पनि गर्मी बिदाको बेलामा स्विमिङ पुल, नदी तथा वन जङ्गल, बगैचाको शितलता, प्राकृतिक सुन्दरता, बिभिन्न नेपाली मौलिक परिकार, हाइकिङ संगै हामी नेपाली बिच आपसी सदभाव, भाइचारा, एकता पनी बृद्धी हुने भएकोले धेरै भन्दा धेरै उपस्थितीको लागी काभ्रे बासी र कोरियाबासी नेपालीहरुलाई अनुरोध तथा निमन्त्रणा गरेको छ।
सहभागिता शुल्क पुरुषको लागी ८५००० वन र महिलाको लागी ७५००० वन निर्धारण गरिएको जनाएको छ। कार्यक्रमको लागी प्रस्थान गर्ने गाडी सहितको ब्यवस्था भने जुलाइ ३० शनिबार दिनको १२.०० बजे दोंगदेमुन ३ नम्बर गेट अगाडी ( स्टार रेमिट कार्यालय अगाडिबाट )हुनेछ। बिस्तृत जानकारीको लागी कार्यक्रम संयोजक सुमन चौलागाई (010-7342-9458) र उपाध्यक्ष मनोज मगर(010-9679-5234 ) लाई सम्पर्क गर्न सकिनेछ।
प्रकाशित मिति:
बिहिबार, असार १६, २०७९, ०८:४०:००