कोरिया
नेपाल स्नुकर एसोसियन दक्षिण कोरिया र दर्शन नमस्तेको संयुक्त आयोजनामा यही आउँदो जुलाई ३० र ३१ तारीख सौल दोङदेमुन स्थित दर्शन नमस्ते स्नुकर हाउसमा स्नुकर प्रतियोगिता आयोजना हुनेभएको छ।
दक्षिण कोरियाको स्नुकर एसोसियन बाट मान्यता प्राप्त यस प्रतियोगिता कोरियामा नै आधिकारीक रुपमा पहिलो पटक आयोजना हुँदै छ।
दोङदेमुन दर्शन नमस्ते रेस्टुरेन्टकाे हलमा आयोजनामा हुन लागेको प्रतियोगितामा उत्कृष्ट पहिलो र दोश्रो खेलाडीले आकर्षक ट्रफीको साथै नगद पुरस्कार प्राप्त गर्ने छन्।
प्रतियोगिता दुईदिन सम्म संचालन हुने आयोजकले बताएका छन्।
प्रोफेसनल तर्फ बाट उत्कृष्ट पहिलो विजेता टिमले १५ लाख प्राप्त गर्न सक्नेछन् भने दोश्रो हुने टिमले ७ लाख ५० हजार वन प्राप्त गर्नेछन्।त्यस्तै एमेच्युर तर्फ बाट उत्कृष्ट पहिलो विजेता टिमले १० लाख वन हात पार्नेछन् भने दोश्रो हुने टिमले ५ लाखमा चित्त बुझाउनु पर्नेछ। खेलमा हाइ स्कोर गर्ने खेलाडीले ' Master Q -Stick ' पुरस्कार प्राप्त गर्ने सक्ने आयोजकले जनाएको छ।

जुलाई ३० तारिखका दिन प्रोफेसनल स्नुकर प्लेयर बीच खेल हुनेछ भने दोश्रो दिन जुलाई ३१ तारिखका दिन भने एमेच्युर स्नुकर प्लेयर बीच खेल हुने आयोजकले बताएका छन्।
प्रोफेसनल स्नुकर प्लेयरको लागि दर्ता शुल्क १ लाख वन तोकिएको छ भने एमेच्युर खेलाडीको हकमा भने ८० हजार वन आयोजकले तोकेको छ उक्त दर्ता गरे बापत आईतबारको दिन खेलाडीहरुको लागि निशुल्क खाना आयोजकले व्यवस्था गरेको छ।
यो खेलमा खेलाडीहरुले राम्रो प्रदर्शन गरे बापत अन्तर्राष्ट्रिय स्तर सम्म पुग्नको लागि अवसर मिल्न सक्ने आयोजकको दाबी छ।
स्नुकर प्रतियोगिता हुने स्थान : दर्शन नमस्ते रेस्टुरेन्ट दोङदेमुन् ट्रेन लाइन नम्बर १ गेट नम्बर ३ अगाडि
विस्तृत जानकारीको लागि
०१०४८०३२७३० विपिन गुरुङ
प्रकाशित मिति:
शुक्रबार, असार १०, २०७९, १८:२५:००