काठमाडौं
२०२२/०६/२३
गैरआवसिय नेपाली सङ्घको प्रतिमन्डल र हालसालै निर्वाचित काठमाडौ महानगरपालिका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ। काठमाडौँ महानगरपालिकाको मेयर कक्षमा भएको भेटघाटको क्रममा गैर आवसिय नेपाली संघले काठमाडौँ महानगरपालिका संग सहकार्य गरी काठमाडौ महानगरपालिकाको स्तरउन्नती, ट्राफिक व्यवस्थापनको लागि ट्राफिक लाइट , आधुनिक सार्वजनिक शौचालय निर्माणको लागि सहयोग गर्ने भएको छ।
गैरआवसिय नेपाली संघका अध्यक्ष कुल आचार्यले ललितपुर महानगरपालीकाको समन्वयमा ललितपुरको शंखमुल पार्क बनाएको पनि स्मरण गराएका थिए त्यस्तै गत वर्ष नै टेण्डर आब्हान गरी वनाउन लागेको सार्वजानिक शौचालय कलंकी सडक विस्तारले जग्गा अधिग्रहण भएपछि स्थगित भएको र यदि काठमाडौं महानगरपालिकाले जग्गा उपलब्ध गराएको खण्डमा एनआरएनएले दुईवटा सार्वजनिक शौचालय बनाउने र उक्त शौचालय व्यवस्थापनको निमित्त काठमाडौँ महानगरपालिकालाई आग्रह गरेका छन् ,त्यस्तै फोहोर व्यवस्थापनको निमित्त विभिन्न देशहरूको उच्चस्तरीय प्रविधिको विषय पनि जानकारी गराएका थिए।
गैरआवासीय नेपाली संघका उपाध्यक्ष महेश श्रेष्ठले काठमाडौँ सिटीलाई 'फोहोर सिटी' बाट 'स्मार्ट सिटी' बनाउन सहकार्य र समन्वय गर्न गैर आवसीय नेपाली संघ हरदम तयार रहेको बताएका छन्।
भेटको क्रममा मेयर शाहले काठमाडौंको कला-संस्कृति,सम्पदा लाई विश्व सञ्जालमा चिनाउनको निमित्त गैर आवसिय नेपाली संघ लाई आग्रह गरेका छन् त्यस्तै 'कुकुर तिहार' लाई विशेष पर्वको रुपमा विश्वभर मनाउन र त्यो देशको क्यालेन्डरमा उक्त पर्व छपाउन पहल गर्न आग्रह गर्नुभएको थियो। एनआरएनएले बनाउन लागेको सार्वजनिक शौचालय बनाउन जग्गा उपलब्ध गराउन, व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका सकारात्मक रहेको बताएका छन्।
काठमाडौँ महानगरपालिका लाई व्यवस्थित र विकसित र गैर आवासीय नेपाली संघको योजनाहरु महानगरपालिकाको सिटी प्लानिङ टीम संग सहकार्य गर्न एनआरएनलाई आग्रह गरेका छन्।
उक्त भेटघाट कार्यक्रममा एनआरएनए युरोप संयोजक चिंतामणी सापकोटा, एसिया प्यासिफिक युवा उपसंयोजक रञ्जन कुँवर एनआरएनए आईसीसी चीन सदस्य प्रदीप न्यौपाने, युरोप युवा संयोजक रमेश काफ्ले लगायत एनआरएनए अभियन्ताहरुको उपस्थिति रहेको थियो।


प्रकाशित मिति:
बिहिबार, असार ९, २०७९, १२:३७:००