२०२२/०६/२२
गैर आवासीय नेपाली संघले गैर आवासीय नेपाली संघको हलमा राष्ट्रीय आविष्कार केन्द्रलाई १२,८७५८०.४८ (बार लाख सतासी हजार पाँचसय असी रुपैयाँ सर्चालिस पैसा) हस्तान्तण गरेको छ।
गैर आवसीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले राष्ट्रिय आविष्कार केन्द्रका सस्थापक अध्यक्ष डा महावीर पुन लाई सो रकम बराबरको चेक हस्तान्तण गर्नुभयो।
उक्त कार्यक्रमको स्वागत मन्तव्य राख्दै गैर आवासीय नेपाली संघका उपाध्यक्ष महेश कुमार श्रेष्ठले बिश्व भर छरिएका एनआरएनए ले जम्मा गरेको रकम राष्ट्रिय आविष्कार केन्द्रलाई बुझाउन सहयाेग गर्ने एनआरएनए एनसिसी, आईसीसी लाई धन्यवाद दिएका थिए।
कार्यक्रममा बोल्दै महावीर पुनले एनआरएनएले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरेकोमा आभार प्रकट गर्नुभयो। विदेशबाट ९२ देखि ९४ प्रतिशत सामान नेपालमा आयात हुँदा धेरै रकम विदेशमा जाने भएकाले त्यसको ५ प्रतिशत नेपालमा उत्पादन गर्न सके देशको व्यापार घाटा कम हुने , देशको राजस्व वृद्धि हुने र रोजगारीको सृजना हुने बताउनुभयो।
त्यस्तै राष्ट्रिय आविष्कार केन्द्र कुनै एक क्षेत्रमा मात्र नभई पालिका, प्रदेशमा खोलिनुपर्ने जोड दिनुभयो।
त्यस्तै गैर आवासीय नेपाली संघले पनि आविस्कार केन्द्रको स्थापना गरी नयाँ प्रतिभावान व्यक्तिहरूलाई प्लाटफर्म दिन सक्ने उनले थपे।

मन्तव्यको क्रममा एनआरएनए कार्यकारी अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपाली संघले कमिटमेन्ट गरेको रकम हस्तान्तरण गर्न पाउँदा सिंगो गैर आवासीय नेपाली खुसी भएको बताए। त्यस्तै विदेशमा सिकेको ज्ञान ,सीप र लागानी नेपालमा हस्तान्तण गर्न राष्ट्रिय आविष्कार केन्द्र जस्ता ठाउँहरू उपयुक्त रहेको उनको ठहर छ त्यस्तै एनआरएनएले पवित्र मन बोकेको राष्ट्रिय आविष्कार केन्द्र लाई हरदम सहयोग गर्न तयार भएको बताए। सो रकम हस्तान्तरण कार्यक्रमको सञ्चालन एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटाले गरेका थिए भने कार्यक्रमममा एनआरएनए आईसीसी पदाधिकारी,प्रतिनिधि ,अभियान्ता एनआरएनए स्पोर्टस एकेडेमीका सदस्य सचिव धर्मराज गिरी लगायत पत्रकारहरुको बाक्लो उपस्थिति रहेको थियो।
प्रकाशित मिति:
बुधबार, असार ८, २०७९, १२:१३:००