एनआरएनए एसिया प्यासिफिकको दोश्रो बैठक भर्चुल माध्यामबाट सम्पन्न भएको छ " मिलाप एकता नै शक्ति हो" भन्ने मूल नाराको साथ यहि आउँदो २०२२ अगस्त २६ देखि २८ सम्म मिलेनियम होटलमा हुने नवौं एशिया प्यासिफिक क्षेत्रिय सम्मेलनमा भाग लिन इच्छुक एनआरएनए अभियन्ताहरुले अगस्त १५ सम्म आफ्नो नाम दर्ता गर्नुपर्ने निर्णय गरेको छ दर्ता रकम भने प्रतिव्यक्ति २०० डलर तोकिएको छ।
त्यस्तै एशिया प्यासिफिक सम्मेलन भव्यताको साथ सम्पन्न गर्नको निमित्त गैर आवासीय नेपाली सङ्घ एशिया प्यासिफिक संयोजक द्वय पारसमणि पोखरेल र डी पि कडेलको संयोजकत्वमा विभिन्न समिति तथा उपसमिति गठन गर्ने पनि निर्णय गरेको र क्षेत्रीय सम्मेलन को उद्देश्य योजना र गतिविधि विषयमा चढ्ने तेस्रो निष्कर्ष निकालिने एशिया प्यासिफिक सचिव प्रदिप न्यौपानेले बताएका छन्।
सम्मेलनको तयारी तीव्र भएको र आतिथ्यताको लागि व्यग्र प्रतीक्षामा रहेको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्डका अध्यक्ष भविन्द्र बस्नेतले बताएका छन्।
नाम दर्ताको लागि यहाँ क्लिक गर्नसक्नु हुनेछ।
https://docs.google.com/forms/d/e/1FAIpQLSfketYqtwaPfbDdzwPIu3a62Iu4M1Oz-j9RMmzoYlaqOon_xg/viewform
प्रकाशित मिति:
शनिबार, असार ४, २०७९, ११:०७:००