काठमाडौं । बेलायतमा उच्च शिक्षा लिन चाहाने नेपाली विद्यार्थीहरुका लागि एसआई युके नेपालको आयोजनामा ‘दि लार्जेस्ट युके एजुकेसन फेयर २०२२’सम्पन्न भएको छ । नयाँ बानेश्वरस्थित एभरेष्ट होटलमा गत जेठ २८ गते शनिबार उक्त शैक्षिक मेलाको आयोजना गरिएको हो । फेयरको उद्घाटन गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुल आचार्यले गरेका थिए ।
उक्त शैक्षिक मेला सयौ विद्यार्थीहरुले उत्साहपुर्वक सहभागीता जनाएको एसआई युकेले जनाएको छ । एजुकेसन फेयरमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्षद्वय आचार्य र डा. बद्री केसी, महासचिव केशव राज पौडेल, एसआई युके इन्डियाका ग्लोबल बिजनेस डेभलपमेन्ट म्यानेजर प्रदीप अधिकारी, एसआई युके नेपालका डिरेक्टर विनय अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
शैक्षिक मेलामा २४ भन्दा बढी बेलायतका कलेज, पाथ वे प्रोभाईडर, विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाका प्रतिनिधिहरुले १४०० भन्दा बढी विद्यार्थीलाई परामर्श प्रदान गरेका थिए ।
शैक्षिक मेलामा उपस्थित बेलायत पढ्न जान इच्छुक विद्यार्थीले एकै छानामुनी बेलायतका प्रत्यक्ष उत्कृष्ट विश्वविद्यालयसँग साक्षात्कार गराउन पाउँदा मेला सफल भएको डाइरेक्टर बिनय अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति:
सोमबार, जेठ ३०, २०७९, १७:०७:००