एस आइ यु के नेपालले जुन ११ अर्थात जेष्ठ २८ गते होटल एभरेष्टमा दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२ को आयोजना गर्ने भएको छ । आइतबार (आज) आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै एस आइ युके नेपालले सो कुराको जानकारी गराएको हो ।
अन्तर्राष्ट्रिय शैक्षीक गन्तव्य र विश्वबिद्यालयका प्रतिनिधि माझ प्रत्यक्ष जानकारी गराउने उद्देश्यले एस आइ यु के नेपालले आफ्नो स्थापना काल देखिनै बेला–बेलामा यस्तो किसिमको शैक्षीक मेलाको आयोजना गर्दै आएको संस्थाका डिरेक्टर विनय अधिकारीले जानकारी गराउनुभयो ।
फेयर मार्फत बिद्यार्थी र अभिभावकले ३० भन्दा बढी युकेका विश्वविद्यालय तथा शैक्षिक संस्थाको शैक्षिक शुल्क, कोर्सेस्, छात्रवृत्ति तथा अन्य सेवा सुविधाका बारेमा जानकारी पाउने एसआइ युके नेपालका कन्टि मेनेजर अस्गर हुँसेनले बताउनुभयो ।
फेयरमा उपस्थित हुने विद्यार्थी जसले फेयरमै विदेश अध्ययनको प्रक्रिया शुरु गर्दछ उनीहरुलाई निशुल्क आई. इ. एल. टि. एस., निशुल्क प्रोसेसिङ र गिफ्ट हाम्पर प्रदान गरिने संस्थाका सिनियर कन्सल्टेन्ट सुवास अधिकारीले जानकारी गराउनुभयो ।
बैदेशिक अध्ययनमा जान चाहने सम्पूर्ण बिद्यार्थी तथा उनका अभिभावकलाई मेलामा भाग लिई विश्वविद्यालयको हरेक पक्षका बारेमा प्रतिनिधि हरुसंग जानकारी लिई मौकाको फाइदा उठाउन एसआइ युके नेपालकी बान्च्र म्यानेजर सुस्मित शिवाकोटीले पत्रकारसम्मेलनमार्फत बताउनुभयो ।
हाम्रो आएल्स पिटीई निकै नै उत्कृष्ठ छ, हामीले हाइटेक इन्भारोमेन्टमा पटक पटक मुग टेक्स्ट गराई विद्यार्थीको प्रतिस्पर्धी बढाउँदछौ, एसआइ युके नेपालकी आएल्यस पिटीई, इन्स्टक्टर रुबा इमानले भन्नुभयो ।
फेयर निकै नै प्रभावकारी हुने र प्लस टु सकेका विद्यार्थीहरुलाई लक्षित गर्दै हामीले मार्केटिगं स्ट्जीटी अपनाएका छौ, यसै पत्रकार सम्मेलनमार्फत म सम्पुर्ण विद्यार्थी र अभिभावकलाई होटल एभेरेष्टमा हुन गइरहेको द लार्जेस्ट युके एजुकेसन फेयरमा आउनको लागि आह्वान गर्दछु, मार्केटिगं म्यानेजर संगीता ओलीले भन्नुभयो ।
फेयरमा ३ हजार ७५ जनाले एसआई युकेको वेभसाइट
www.siuk-nepal.com
मार्फत रर्जीष्टसन गरिसकेको बताउँदै हजारौ विद्यार्थीले सहभागिता जनाउने भएका छन् । डेढ दशक बेलायतमा बिताउनु भएका विनय अधिकारीले शैक्षीक मेलामार्फत विद्यार्थी र अभिभावकहरुलाई बेलायती शैक्षीक प्रणाली, अवसर र नेपाली समुदायको विकासका बारेमा समेत जानकारी गराउनुहुनेछ । हाम्रा कार्यालयहरु विश्वका चालिसवटा देशमा संचालन छन् | यी चालिसवटा देशमा रहेर उन्ननअस्सी ठाउँमा ग्लोबल अफिसहरु संचालन छन् | येस अन्तर्गत हाम्रो 158 बिश्वोविधायलसग आबद्ध भएर बिगत 16 वर्ष देखि सेवा प्रभा गरि रहेका छौ | स्मरण रहोसः विनय अधिकारी विश्वभरि रहेका गोरखा जिल्लाको तर्फबाट ग्लोवल गोरखा समाजको अध्यक्ष तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय उपमहासचिव समेत हुनुहुन्छ ।


प्रकाशित मिति:
आईतबार, जेठ २२, २०७९, १९:०९:००