NRNA - पर्यटन प्रवद्र्धन समिति पहिलो 29 मई 2022 मा आयोजित
काठमाडौँ
गैरआवासीय नेपाली संघको नेपालमा पर्यटन प्रवर्द्धन कमिटीको पहिलाे बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको छ। गत महिना सम्पन्न गैरआवसिय नेपाली संघ अन्तराष्ट्रिय परिषद्को बैठकले प्रवक्ता सोम सापकोटाको नेतृत्वमा कार्यदल गठन गरेको थियो।
उक्त बैठकमा नेपाल सरकारको तर्फबाट Nepal Tourism Revival Committee का संयोजक राज गिरी, टुरिजम बोर्ड बाट सुनिल शर्मा होटल एोसिएसनको प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महत , गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्य लगायत समितिका सदस्यहरू, गैर आवासीय नेपाली संघको अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थिति रहेको थियो।
कमिटीद्वारा प्रस्तावित Terms of Reference को केही सुझाव सहित केही बुँदाहरु संशोधन गरी राष्ट्रिय समन्वय परिषदमा पठाउने निर्णय गरेको छ त्यस्तै पर्यटन नेपाल भित्र्याउन राष्ट्रिय समन्वय परिषदबाट विशेष पहल गरिने निर्णय पनि गरेको छ।उक्त बैठकमा बोल्दै टुरिजम बोर्डका सुनिल शर्माले नेपाल टुरिजम बोर्डको तर्फबाट पर्यटन प्रवर्द्धन सम्बन्धी डिजिटल सामग्री गैर आवासीय नेपाली संघलाई उपलब्ध गराउने भएको छ।
त्यस्तै एनटीआरसीका संयोजक राज गिरीले संघले पर्यटन प्रबर्द्धन सम्बन्धमा गरेका गतिविधिहरुको खुलेर प्रशंसा गर्नु भयो । साथै उहाँले समितिमा संघलाई पनि आबद्ध गराइ पर्यटन प्रबर्द्धनका कार्यहरु अगाडी बढाइने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो । समिति पर्यटन प्रवर्द्धनको लागि गैरआवासीय नेपाली संघ संग सदैव सहकार्य गर्न तत्पर रहेको बताउनु भयो । त्यस्तै होटल एशोसिएसनका प्रमुख कार्यकारी अधिकृत महतले कोरोनाको आक्रान्त पछि जुर्मुराउन लागेको पर्यटन, होटल व्यवसाय क्षेत्रमा होटल एशोसिएसनले गैरआवासीय नेपाली संघ संग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी भएको बताए। गैर आवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले गैर आवासीय नेपालीका विश्वभरमा रहेका व्यवसायिक फर्महरु तथा होटेल रेस्टुरेन्टमा नेपाल सम्बन्धी आकर्षक प्रचार सामग्रीहरु राखी प्रचार प्रसार गर्ने तथा प्रचार प्रसारका सामाग्रीहरु वितरण गर्ने ,विश्वभर छरिएर रहेका सम्पूर्ण एनआरएनए सदस्य लगायतका नेपाली तथा विदेशी नेपाल घुम्न जान प्रोत्साहन गर्ने,विश्वभरीका विभिन्न देशहरुका सार्वजानिक स्थलहरु तथा प्रमुख पर्यटकीय क्षेत्रहरुमा प्रचार सामग्री वितरण गर्ने जस्ता पर्यटन प्रवर्धनमुखी कार्यक्रमहरु एनआरएनएले गर्ने बताउनुभयो।
मन्तव्यको क्रममा नेपालमा पनि पर्यटनको विकासको लागि पूर्वाधारका संरचना खडा गर्दै पर्यटकीय गन्तव्यको प्रचार शैलीमा परिर्वतन जरुरी रहेको र प्रवर्द्धनबाटै पर्यटक भित्र्याउन सकिने भएकोले पनि अब पुरानो शैलीलाई परिर्वतन गर्दै डिजिटल युगमा जानुपर्ने गैर आवासीय नेपाली संघ पर्यटन प्रवर्द्धन समितिका संयोजक सोम सापकोटाले बताउनुभयो।
पुरानै प्रचार शैली र पूर्वाधार विकास नगरी पर्यटक आगमन बढाउन सम्भव नभएको र शैलीलाई नयाँ ढाँचामा परिवर्तन गर्न गैर आवासीय नेपाली संघ प्रतिवद्ध रहेको उनले थपे।
त्यस्तै नेपालमा पर्यटन विकास प्रवर्द्धन र आगामी योजनाको लागि विभिन्न देशका एनआरएन अभियन्ताहरुले सल्लाह सुझाव दिएका थिए।
प्रकाशित मिति:
बिहिबार, जेठ १९, २०७९, २०:४५:००