कोरिया
मनिष डाँगी एक नेपाली फुटबल जगतको उज्वल तारा, उत्कृष्ट फरवार्ड आज उनै डाँगी अस्तिको च्यासल संग भएको गेममा गम्भिर घाइते भए।
सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनिबार भएको खेलका क्रममा मनीष च्यासल युथ क्लबका केच यानिकसँग टाउको ठोक्किएर घाइते भएका हुन् ।
६५ औँ मिनेटमा हेडिङ गर्ने क्रममा मनीष र केचको टाउको ठोक्किएको थियो । यानिकसँग ठोक्किएपछि उनी भुइँमा टाउको र छाती भुईमा ठोक्किएर अचेत भएका थिए, खेलाडीहरू भावुक देखिएका थिए । तत्कालै रेफ्री श्याम दनुवार एम्बुलेन्स बोलाएका थिए ।
मैदानमा उनलाई सीपीआर दिएर प्राथमिक उपचार गरिएको थियो । त्यसपछि मैदानबाट एम्बुलेन्समा राखेर अस्पताल पुर्याई सफल उपचार सँगै अहिले उनको अवस्था खतरामुक्त छ।
मनिष डाँगीले एसियाली पावरहाउस इराकविरुद्ध उसैको मैदानमा नेपालले दुई गोल गर्दा पहिलो गोल गर्ने खेलाडी थिए। मनिष डाँगी त्यो पनि आफ्नो डेब्यु खेलमा अनि त अझै चर्चाको शिखरमा पुगे मनिष त्यति मात्र होइन गत महिना सम्पन्न साफ च्याम्पियनसिपमा पनि माल्दिभ्स विरुद्ध निर्णायक गोल गरेर नेपाललाई इतिहासमा पहिलो पटक फाइनल पुर्र्याउन उल्लेखनीय भूमिका खेलेका थिए।
अब कुरा गरौं मनिषको दक्षिण कोरिया देखि नेपालको लागि अन्तर्राष्ट्रिय खेल सम्मको यात्रा
मनिषको परिवारले दक्षिण कोरियालाई कर्मथलो बनाए मनिषको शिक्षा नेपालको जेम्स विद्यालयमा पनि बित्यो।पछि उनको बाकी शिक्षा लालनपालन दक्षिण कोरियामा नै भयो। मनिष सानै हुँदा उनका बुबाले संसार छाडे उनका बुबा मनोज डाँगी व्यवसाय साथसाथै सामाजिक संघसंस्थाहरु पनि निकै सक्रिय व्यक्ति थिए। गैरआवसिय नेपाली संघका दक्षिण कोरियाको सल्लाहकार साथसाथै साहित्य जगतमा पनि निपूर्ण उनी आफ्नो सन्तानलाई कुशल खेलाडी बनाउने उनको चाहना थियो । आफ्नो बाबुको चाहना लाई सफल बनाउन सफल बने मनिष।
नेपाली युवा मनिष डाँगी दक्षिण कोरियामा फुटबल खेलेर चर्चा बटुलिरहेका थिए। डाँगीले एकेडेमी स्तरको फुटबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आए पछि सिन्हंग फुटबल एकेडेमीले उनलाई आवद्व गराएको थियो।
सिन्हंग फुटबल एकेडेमीको घरेलु मैदान दोंग्देचनमा डाँगीले अभ्यास खेल्ने गर्थे । कोरियाको सबैभन्दा ठुलो फुटबल लिग प्रतियोगितालाई ‘के लिग’मा जाने उनको सोच भएता पनि विदेशी कोटामा विश्वकप, एसियाकप खेलिसकेका खेलाडीहरूको बाहुल्यता बढी भएकाले उनले मौका पाउन सकेका थिएनन्।
डाँगीले कोरियाका एकेडेमी स्तरको प्रतियोगिता साथै चीन र जापानका एकेडेमी स्तरका खेलहरुको प्रतिस्पर्धामा पनि सहभागी भएका थिए र उनी पोछन सिटिजन एफसीको युथ टिममा आवद्ध भएका थिए।
कोरियामा नेपाली समुदायले आयोजना गर्ने फुटबल प्रतियोगितामा पनि उनको सहभागिता रहने गर्थ्यो उनको खेल खेल्ने शैली आधुनिक कलात्मक र कोरीयन फेवरको रहेको र भविष्यमा उत्कृष्ट खेलाडी बन्नेमा आफू विश्वस्त रहेको नेपाली फुटबल महासंघ दक्षिण कोरियाका अध्यक्ष कृष्ण गुरूङ(ब्रो तमु) ले भनेका थिए।
लामो समयपछि नेपाली फुटबलले एक उत्कृष्ट फरवार्ड पाएको छ यस्ता खेलाडीलाई अझै तिखार्न अल्मुतायिरी जस्ता प्रशिक्षक नेपालको लागि आवश्यक छ।
शिघ्र स्वास्थ्यलाभको कामना मनिष डांगी