घरडी कमलेश।पुर्वीय दर्शन अनुसार विवाह हाम्रो परम्परा हो । संस्कृति हो र यस्लाई प्राकृतिक रीत ठान्छन्। प्रकृतिले पनि दुई विपरित लिंगीको समायोजनलाई स्विकारेको छ । सृष्टि निरन्तरताको लागि पुरुष र महिलावीच संसर्ग हुनैपर्छ । उनीहरु शारीरिक रुपमा एक हुनैपर्छ । प्रकृतिको यो नियमले पनि पुरुष र महिलालाई अलग-अलग राख्दैन । उनीहरुको दुई ज्यानलाई एकाकार गराउँछ । विवाहको प्रचलन विश्वमै छ । हाम्रा पिता-पूर्खाहरुले यसलाई निरन्तरता दिदै आए । पौराणिक शास्त्रहरुले यसको महत्व र आवश्यक्तालाई उजागर गरिदिए । विवाह आफैमा व्यवस्थित र नियोजित कर्म हो। उनीहरु यसलाई जीवनकै एक अंश ठान्छन् । एक्लो जीवन निरास र वेसाहारा हुने उनीहरुको बुझाई हुन्छ । त्यही कारण माटोको भर ढुंगालाई, ढुंगाको भर माटोलाई भनेजस्तै जीवनको सुखदुखमा साथ र सहयोग आदनप्रदान गर्दै बाच्नका लागि विवाहलाई अपरिहार्य मान्छन् । उनीहरु गृहस्थी जीवनमै सुख खोज्छन् । एक अध्ययनले के पनि देखाएको छ भने, विवाहित पुरुष वा महिलाभन्दा अविवाहितहरुको आयु कम हुन्छ । एउटा उमेर चरणमा पुगेपछि उनीहरुमा एक्लोपन, छटपटी हुन्छ र त्यसैले विभिन्न किसिमको समस्या पैदा गर्छ । जबकी दाम्पत्य जीवन विताइरहेकाहरुले अक्सर एक्लोपनको अनुभव गर्नु पर्दैन । त्यसो भए विवाह गर्नैपर्छ त ? : यसमा मत विभाजित छ ।
विवाह गर्नैपर्छ भन्ने केही छैन । हाम्रै ऋषिमुनीहरुले व्रम्हचार्यको महत्वमाथि पनि मन्थन गरेको छ । दाम्पत्य जीवन मात्र होइन कामवासना र यौनबाट समेत मुक्त भएर पालना गर्ने आचार संहिता हो यो। दाम्पत्य सुख, वैधानिक यौनभोग, आफ्नो बालबच्चा, सुख-दुखमा साथ र वंश निरन्तरता हुँदाहुँदै पनि विवाह गरेपछि कतिपय आफ्ना रहर, इच्छा, सोंच, चिन्तन त्याग्नुपर्छ । अर्को व्यक्ति -पति वा पत्नी)को कतिपय गल्ती, कमजोरी पनि स्विकार्नुपर्छ । त्यसैले जीवनलाई जसले जसरी बुझ्छन्, त्यही अनुरुप जिउने छुट छ । विवाह वाध्यकारी होइन । विवाह नगरी पनि जीवन सुखपूर्वक विताउन सकिन्छ । आफ्नो मर्जी अनुसार जीवन जिउन सकिने -पारिवारिक बन्धन, झन्झट लिन नपर्ने, सन्तानप्रतिको चिन्ता नहुने, आर्थिक व्यायभार कम हुने, अर्काको दुख, बोझ बोक्न नपर्ने, पारिवारिक जिम्मेवारी र उत्तरदायित्व वहन गर्न नपर्ने भएर आजभोलि कतिपय युवाहरुमा बिहेप्रतिको वितृष्णा जागेको छ। के बिहे गर्नै पर्छ र भन्ने प्रश्नमा एमबीबीएस अध्ययरत रबिन रानाको तर्क भने यस्तो छ। एकदमै धेरै को कौतुहलता र चाखलाग्दो विषय हो वास्तवमा विवाह दुई विपरित लिङ्ग बीच को गठबंधन अथवा साटगाँठ हो ,विवाह गर्नु र नगर्नु भन्दा पहिला विवाह को बारेमा जान्नु अत्यावस्यक छ ,मैले माथि यसो भनिरहँदा त्यो शब्द हरु १००% नै त काम गर्दैन किन कि दुई विपरित लिङ्गी होइन पछिल्लो समय समलिङ्गी बिहे बढी चलन मा आउन थालेको छ। यो विषय एकदमै रोचक र रमाइलो छ विभिन्न धार्मिक गुरु हरु को आफ्नै मत छ। जस्तै धेरै जसो धार्मिक गुरु हरु भन्नुहुन्छ बिहे गरेर आध्यात्मिक मार्ग तिर जानु एकदम असम्भव छ ...आध्यात्मिक मार्ग अपुरो हुन्छ। सांसारिक मामला बाट छुटकारा भएर जानु नै उत्तम आध्यात्मिक को विकल्प हो भन्नुहुन्छ तर दार्शनिक ओशोले चाहि बिहे बाट नै सबै सम्भव छ। आध्यात्मिक मार्ग जो, जहाँ ,जुन परिस्थिति बाट हुनुहुन्छ, त्यही परिस्थिति बाट सम्भव छ।बिहे अमूल्य र एकदम प्राकृतिक कुरा हो भन्नुहुन्छ । सबै को आ-आफ्नो तर्कहरु छन्। मेरो विचार मा नि बिहे एकदम नगरिनहुने ,नगरे पछी मृत्यु समान होइन। आँखा , बुद्धि ,विवेक नखुल्ने र अत्यावस्यक आधारभूत आवश्यकता हो जस्तो त लाग्दैन । सबै ले बिहे गर्नै पर्छ नगरे पुण्य पाइँदैन भन्ने किसिम को चाहिँ पक्कै होइन । तर छोरा,छोरी सङ्ग सङ्गै अगाडि बढ्ने तथा नयाँ पुस्ता लाई अघि बढाउने र आफ्नो जिम्मेवारी हरुलाई म नयाँ पुस्ताहरु लाई थप जोस जागर र हिम्मत को साथ अघि बढाउँछु र नयाँ पुस्ता मा हस्तान्तण गर्छु भन्ने सोच छ भने बिहे गरेर मात्रै सम्भव छ। बा-आमाबाट जसरी म यो संसारमा आएर संसार देख्न पाए, भोग्न पाए, हेर्न पाए अब त्यस्को ऋण म आफै बा-आमा बनेर एक असल पुस्ताको निर्माण गरेर चुकाउँछु भन्ने सोच र बिचारलाई अनुसरण गरिएको छ भने बिहे अत्यावश्यक नै हो। तर पनि बिहे आबस्यक या अनावश्यक भन्ने कुरा त्यो उसको इच्छा ,सपना र विचार मा भर पर्छ। पुरातन सोचलाई बिट मार्दै बिहे गरेर नै दार्शनिक बनेका थुप्रै उदाहरण छन्। जस्तै: म्याडम क्युरी र उहाँको छोरी ,ज्वाइँ को पुस्ता ले समेत नोबेल पुरुस्कारबाट पुरस्कृत भएका थिए मैले एउटा उदाहरण दिए यस्ता थुप्रै महान् विद्वान हरु छन् जसले आफूले जन्म लिएर अनि दिएर विश्व विख्यात भएका।
यदि ती महान् विद्वान, वैज्ञानिक हरु को माता पिता ले बिहे गर्नु पाप हो भनेको भए हामीले ती विभिन्न आविष्कारहरु जस्तै बिजुली, बत्ती, औषधि, उपचार, हवाईहाज,मोटर ,गाडी ,देखि लिएर शिक्षा ,स्वास्थ्यका कुराहरु सम्भव हुन्थेन अर्को कुरा त्यो हाम्रो पुरानो पुस्ता ढेडु बाँदर बाटै लोप भएर कुनै नाम निशाना नै हुन्थेन। त्यसैले यो अर्थमा बिहे एकदमै आवस्यक भएको देखियो। त्यस्तै अर्को अर्को पाटातिर हेर्दा चर्चित नर्स फ्लोरेन्स नाइटिङ्गेल को बारेमा जीवन भर बिहे नगरी बिरामीहरु को उपचार, सेवा र सत्कारमा लगिपरिन् र विश्वले चिन्यो। यस्तै फ्लोरेन्स नाइटिङ्गेल जस्तैअरु थुप्रै धार्मिक गुरुहरु, बाबा रामदेव देखि अरु योगीहरु बिहे नै नगरी खुसी छन्। आफ्नो आफ्नो काम क्रियाकलापमै ब्यस्त छन् । विवाह को बारेमा ओशो अथवा रजनीस भन्नुहुन्छ "विवाह वास्तव में एक जुवा की तरह है, दाव सही पड गया तो जीवन स्वर्ग अन्यथा नरक के सभी रास्ते यही खुल जाते है"। त्यसैले सामान्य अर्थमा भन्दा बिहे अत्यावस्यक नै त होइन तर आबस्यक चाहिँ अवस्य हो र अति-आवश्यक र अनावश्यक त्यो आफैमा निहित छ।
त्यस्तै कोरियामा कार्यरत जगदीशको पनि अत्यावश्यक नरहेको तर नगरेर पनि पुस्तान्तरण नहुने भन्दै उहाँ थप्नु हुन्छ। "अत्यावश्यक त होइन आवश्यक चाहिँ छ। सृष्टि सृजनालाई निरन्तरता दिन अथवा मानवको अस्तित्व जोगाउन खेलीने एक अहम भूमिका निभाउने प्रकृया पनि हो। यदि बिहे आवश्यक छैन भनेर बिहे नगर्ने हो भने पृथ्वीबाट मानव जातिको प्राणी डाइनोसर हराए जस्तै हराउन सक्छ्। त्यसैले सन्यासी हुन्छु वा बिहे नै गर्दिन भन्नु खासै ठिक होइन। बरु आध्यात्मिक हुनु अत्यावश्यक छ। अहिलेको बिकास र प्रविधिको असरलाई मानसिक सन्तुलनसङ्ग दाज्दाखेरि बिहे संगै आध्यात्मिक हुनु पनि आवश्यक छ।"

(लेखक समसामयिक बिषयमा कलम चलाउछन्। )