शिवप्रसाद पोखरेल
कुनै बेला मानिहरु मलाई देख्दा तर्कन्थे, किन त्यसो गरिरहेका छन भन्ने बारेमा मलाई थाहै थिएन्। म बाटोमा हिंड्दा मानिसहरु मेरो नजिकनै पर्दैनथे। बस चढ्दा पनि मानिहरु पर-पर भाग्थे, भाग्ने ठाउं नपाएमा ठूलो सास फेर्थे, घुर्थे पनि। जब म सब-वेको यात्रामा हुन्थें, त्यहा पनि अवस्था उस्तै थियो। कहिले काही सब-वेको खाली सीट देख्ने वित्तिकै म हतारिंदै ति सीटहरुमा बस्थें। मानिसहरु मलाई घुरेरै हेर्थे तर किन त्यसो गरिरहेका छन मैलै थाहा पाईन्। किन मानिसहरु मबाट टाढा हुंदैछन् पत्ता लगाउने सोचका साथ संगै अध्ययन गर्ने साथीको माध्यमबाट कारण पत्ता लगाएरै छोडें। साथिको माध्यमबाट अप्रत्यक्ष रुपमा बुझ्दा पत्ता लाग्यो, मैले बस र सब-वेमा चढ्दा बस्ने गरेका सीट बृद्ध, अशक्त र गर्भवतीका लागि आरक्षण गरिएका रहेछन्। बाटोमा मानिसहरु तर्कनुको कारण म गन्हाउ्रछु भनेर रहेछ। भिडभाडमा मानिसहरु घुर्ने कारण पनि म गन्हाएकोले गर्दा रहेछ। मेरा यिनै कर्महरुले उहांहरुलाई सह्य नभएकोले त्यसो गरेको भन्ने प्रमाणित भयो। अब वानी सुधार्नु पर्छ भन्ने लागेर वर्ष दिन पछि बानी सुधार्न तिर लागें। हप्ता दिन अगाडी मात्र नुहाउने म दुइ दिनमा एक पटक नुहाउंदा हुन्छ भन्ने सोचाई राख्ने मैले नुहाउने दिनहरु बढाएं। बृद्ध, अशक्त, गर्ववतीको सीट खालीनै भए पनि टुलुटुलु हेरेर बस्ने बानी बसाल्दै गएं। ठूलो आवाजले कुराकानी गर्ने बानीले अन्य व्यक्तिलाई पर्न गएको अशुविधालाई सुधार गर्दै गएं। विस्तारै म पनि सभ्व मानिसले गर्ने आचरण तर्फआफुलाई ढाल्दै गएं। त्यस पश्चात मलाई देखेर तर्कने हरुलाई धेरै टाढा हुनु परेन्। कोरियाले मलाई सबै भन्दा ठूलो उपहारका रुपमा अनुशासीत हुने बानी सिकायो।
हाम्रो देशका बहुशंख्यक युवापूस्ता १८ वर्ष पुगे पश्चात विदेशको यात्रा तय गरिरहेका छन्। आज भन्दा २९ वर्ष अगाडी सन् १९९५मा जब म २० वर्षको हुंदा अध्ययनको नाममा कोरियाको यात्रामा थिएं। कोरिया प्रवेश गर्दाको सम्झना अझै ताजै छ। त्यति बेला म कोरियानै जान्छु भन्ने विश्वास थिएन्। कसरी जहाज चढ्ने, अनि कसरी जहाजबाट ओर्लने, जहाज अकासमानै घुमिरहेमा म कसरी कोरिया पुग्ने? पुगे पश्चात के चढेर विश्वविधालय जाने? टाउको दुख्ने गरी एक पछि अर्का प्रश्नहरुले दिमाग खल्बल्याएको आज जस्तै लाग्छ। कोरिया बसाई सकेर नेपाल फर्किएको पनि १८ वर्ष पुग्दैछ। मलाई कोरियाले दिएको अनुशासन, मेहनेत गर्ने बानी, सहनशिलता तथा कोरियाली भाषा आदि आज पनि मेरो रोजीरोटीको आधार भएकाछन्। मैले कोरियालाई दिन सक्ने केहि पनि छैन्, कोरिया प्रतिको मेरो अथाह मायां र उच्च सम्मान मात्र मानसपटलमा सदा रहिरहने छ।
सन् २००७बाट लागुभएको रोजगार अनुमति प्रणाली मार्फत आजका दिन सम्म एक लाख भन्दा बढी नेपाली युवाहरुले कोरियामा रोजगारको अवसर प्राप्त गरेर दशौं लाख नेपालीले कोरियाको अनुभव गर्ने अवसर प्राप्त गरिसकेका छन्। रोजगारका लागि सबै भन्दा आकर्षक गन्तव्यका रुपमा कोरिया नेपाली माझ परिचित छ। कोरियाले मलाई जस्तै धेरै नेपालीलाई अनुशासित हुन सिकायो, मेहनेत गर्न सिकायो, समयको पालना गर्न सिकायो, भाषा, खाना, संस्कार, संगित आदि धेरै क्षेत्रमा संगै हुने अवसर दिलायो। हामी नेपालीले आजका मिति सम्म कोरियाबाट धेरै लियौं। हामीले पनि कोरियाको गुण विर्सन हुंदैन भन्ने लाग्छ। कोरियाको बारेमा ज्ञान भएका बहुसंख्यक नेपालीहरुले कोरिया प्रति सम्मान र माया दर्शाउने पनि उल्लेख्य मात्रामा भएको पाईन्छ।
आज कोरिया सरकारले नेपालको साथ खोजिरहेको छ, नेपालको एक भोटका लागि धेरै प्रयत्नहरु गरिरहेको छ। कोरियाले World Expo 2030आयोजनाका लागि दोश्रो ठूलो सहर बुसानमा सुन्दर तथा आकर्षक परियोजनाहरु निर्माण गरिरहेको छ। नेपाल सरकारले कोरिया सरकार र जनताको प्राथमिकतामा परेको यस कार्यक्रमलाई समर्थन गरेमा कोरियाले नेपालले लगाएको गुण कहिल्यै भुल्न सक्ने छैन भन्ने लाग्छ। त्यसैले कोरिया सरकारको योजना बमोजिम बुसान सहरमा World Expo 2030 आयोजना होस भन्ने लाग्छ।

कोरिया सन् १९८०को दशकबाटनै विकसित राष्ट्रको रुपमा अगाडी बढि सकेको देश हो भन्ने बारेमा सबैलाई जानकारी छ। १९८८को सउल ओलम्पिक आयोजना गरेर विश्वभरीका मानिसहरुलाई एकै स्थानमा भेला गराई सफा सुन्दर र सभ्व मानिसहरु बस्ने कोरियाको परिचय विश्वसामु पस्किसकेको छ। २००२मा World Cup को आयोजना गरेर विश्वभरीका फुटबल प्रेमी माझमा सफल आयोजकका रुपमा कोरियाले आफ्नो परिचय दिई सकेको छ। कोरियाले विभिन्न चरणमा विश्वस्तरिय ठूला प्रतियोगिताहरु गरिरहेको छ। शान्तपूर्ण रुपमा सबैको मन जित्न सफल कोरियाले World Expo 2030 आयोजनको लागि गरेको व्यापक तयारीले सार्थकता पाओस भन्ने चाहन्छु। नेपाललाई पर्खिरहेको बुसान सहर।
कोरियाको दोश्रो ठूलो सहर बुसानमा आयोजना हुन गईरहेको World Expo 2030ले सार्थकता पाओस र नेपालको समर्थन कोरिया प्रति मिलोस भन्ने विचार राख्दछु। कोरियालाई समर्थन हुंदा खुशी हुने नेपालीहरु धेरै हुनेछन्। Expo आयोजना गर्ने देश छनौट हुने प्रक्रिया यहि नोभेम्बर २८ तारिख फ्रान्सको पेरिसमा हुने निर्वाचन मार्फत हुंदैछ। हामी नेपालीले कोरिया सरकारको योजनामा समर्थन गरौं भन्न चाहन्छु।