दक्षिण कोरीया
"शारीरिक र मानसिक स्वास्थ्यको लागि खेलकुद" भन्ने मुल नाराको साथमा स्वस्थ, स्वच्छ र पारदर्शी खेल मार्फत मनोरञ्जनसँगै नेपालीहरुमा भ्रातृत्व र मैत्रीभाव विकास गर्ने अभिप्रायले २०२३, नोभेम्बर-११/१२ तारिखमा तमू धी दक्षिण कोरिया मुख्य आयोजक र शाखा संस्थाहरुको सह आयोजना, तमू धीं दक्षिण कोरियाको खेलकुद विभागको आयोजनामा "बिलियर्ड स्नुकर प्रतियोगिता" हुन लागेको हो।
खेलकुद विभाग संयोजक कृष्ण गुरुङ (ब्रो)का अनुसार प्रतियोगितामा भाग लिन एक लाख वन तिर्नुपर्ने छ। त्यस्तै प्रथम पुरस्कर:- २०,००,००० (बीस लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र),दोश्रो पुरस्कार:- १०,००,००० (दश लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र), उत्कृष्ट खेलाडी:- २,००,००० (दुई लाख वोन, ट्रफी, मेडल र प्रमाणपत्र) प्राप्त गर्नेछन्।
प्रतियोगिता नोभेम्बर ११/१२ तारिखमा दर्शन नमस्ते स्नुकर हाउस, दोङ्देमुनमा बेलुका ८ बजे पछि सुरु हुनेछ।
कोरियावासी स्नुकर खेलप्रेमी खेलाडीहरुलाई सहभागिता जनाउन तमु धीं दक्षिण कोरियाको अध्यक्ष रूप गुरुङले अपिल गरेकी छिन् ।
थप जानकारीको लागि निम्न फोन नम्बरमा सम्पर्क गर्न सक्नेछन्।
रुपा गुरुङ :- 010 22932723
कृष्ण गुरुङ(ब्रो) :- 010 75831699
तेज गुरुङ :- 010 82635223
रुपा गुरुङ :- 010 73580362