शिव प्रसाद पौडेल
निबर्तमान अध्यक्ष,एनआरएनए जापान
निर्वाचित अध्यक्ष बद्री केसी टिम तथा समानान्तर समितिका अध्यक्ष आर.के शर्माको टिमले ५० लाख भन्दा बढी डायास्पोराका नेपालीहरुको विश्वासको केन्द्र एनआरएनलाई तहसनहस बनाएर फूटको संघारमा पूर्याएका छन।एनआरएन फुटाउने श्रेय मुख्य रूपमा नबनिर्बाचित अध्यक्ष बद्री केसीज्यु र निबर्तमान उपाध्यक्ष तथा अध्यक्षका प्रत्यासी महेश श्रेष्ठ ज्युलाई जानेछ।तल उल्लेखित २ आधारमा केही निष्कर्ष सहितको बिचारहरु प्रस्तुत गर्दछु।
१)मेरो प्रमुख भूमिका तथा अनुगमनमा एनसीसी जापानमा सफल तथा निस्पक्ष चुनाब गराउन सफल भएको र उक्त चुनाबको दौरानमा तत्कालीन अध्यक्ष बद्री केसीज्यु , तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठज्यु र भेरो भोटिंग कम्पनीका डाइरेक्टर मिचेल ग्रेगज्यु संग पटक पटक भएको सम्बादका आधारमा।
२)मैले नेपाल स्थित २३-२५ को चुनाबमा समेत प्रत्यक्ष उम्मेद्बारी दिई मेरो ४ जना उम्मेद्धार साथीका बीचमा अत्यन्त झीनोमतले दोस्रो बरियतामा उपबिजेता भएको समेत भएको माथीका दुई अनुभबका आधारमा निम्नानुसार निचोड तथा निर्वाचित टिम बद्री, टिम महेश , निर्बाचन मण्डल र भेरो भोटिंग सिस्टमका सम्भाबना , जिम्मेबार तथा कमजोरीहरु निम्न अनुसार केलाएको छु।
१) एनसीसी हरुमा सर्बोकृस्ट सफल एनसीसी जापानको चुनाबको संघार तत्काली अध्यक्ष डा बद्री केसी र तत्कालीन उपाध्यक्ष महेश श्रेष्ठज्यु ले कतीपय कुरामा प्रत्यक्ष तथा अप्रत्यक्ष दक्खल दिन खोजेको तर म सहितको निर्बाचन मण्डल निर्बाचन नियमाबलीमा अडिक रहेको
२) एनसीसी हरुका निर्बाचन पश्चात डा. बद्री तथा महेश श्रेष्ठले आ-आफ्नो निर्बाचन प्रचारप्रसारको क्रममा एनसीसी हरुमा भएको निर्बाचनलाई आफ़ूहरुले गर्दा भेरो भोटिंग सिस्टम ल्याउन सफल भई निस्पक्ष निर्बाचन गराउन सफल भएको भनि निस्पक्ष निर्बाचन तथा भेरो भोटिंग सिस्टमको राम्रो जस सम्पूर्ण दुईजानाले मात्र लिएको निस्पक्ष निर्बाचन गराउन सफल एनसीसीहरुलाई कुनै भूमिका तथा स्वायत नदीएको। ३) डा. बद्री तथा महेशज्युको प्रमुख मातहतमा बनाइएको आईसीसी निर्बाचन मण्डललाई दुबैले अत्यन्त विश्वास गरीएको तथा दुबैले कुनै अनुगमन नगरीएको । अध्यक्ष डा. बद्री केसी टिम , महेश टिम तथा आर के टिमका त्रिपक्षीय कमजोरीहरू
१) निर्बाचन मण्डललाई पुर्ण बिस्वास गर्नु २) निर्बाचन भेरो सिस्टमबाट प्राप्त नतीजाको कच्चा डाटालाई कुनै अनुगमन नगरी हतारमा बाहिरल्याईनुमा प्रमुख कमजोरी अध्यक्ष डा. बद्री केसी लगाएत निर्बाचन मण्डल र टिम महेश तथा टिम आर .के को पनि केही अपरिपक्कता र कमजोरी थियो ।
३) देश बाहिर रहने सम्पूर्ण नेपालीहरुको आस्थाको केन्द्र बनाउन खोजेको एनआरएनलाई निर्बाचन अघिनै भेरो सिस्टममा नै नो भोटिंग जस्तो नालाएकी सिस्टम राखी आ-आफूहरुले नालायकिपन देखाई एनआरएनलाईनै नो भन्न खोजीएको र भोटरहरुलाई भोट खेर फाल्न बाध्य बनाईएको।
४) दुई पक्षले निर्बाचन परीणामलाई अस्वीकार गर्दै गर्दा भेरो भोटिंग सिस्टमको नियम अनुसार निर्बाचन मण्डलबाट २ जना, आईसीसीबाट २ जना, स्वतन्त्र सिस्टम ईन्जीनियर २ जना र नेपाल सरकारको प्रतिनिधी १ जनाको टोली बनाई ७ जानाको छानबिन टोली बनाउन नसकेको।
५) भोट गरेको log Data, भेरो सिस्टमले दिएको नतीजा , निर्बाचन मण्डलले सार्बजनिक गरेको नतीजा, सार्बजनिक गरीएको तथा भेरो सिस्टमलाई पठाईएको ४६०० जनाको Databases विश्लेषणगर्न नसकेको। उक्त ७ जनाले ४६०० जनाको Data अर्डिट गरी अस्ट्रेलिया स्थित भेरो सिस्टमको कार्यालयमा प्रत्यक्ष उपस्थिती जनाई log Data मगाउन नसकेको।
६) बिशेस गरी असन्तुष्ट २ पक्षले अहिले पररास्ट्र मंत्रालयलाई समेत अनुरोध गरी भेरो सिस्टम कंपनीसंग माथी उल्लेखित उल्लेखित ४,५ नम्बर अनुसार log Data मगाउन तिर नलागी काम कुरा एकातिर कुम्लो बोकी ठीमी तिर जस्तो लज्जास्पद रूपमा स्वघोसित टिम बनाउन तिरलागी एनआरएनलाई फुटको संघारमा लग्न खोजेको र नबनिर्वाचित भनिएको टिमले समेत उपविजेता भनिएको टिमको मुद्दाहरु सुनुवाई तीर नलागी अनावश्यक होहल्लातिर लागेको।
सम्भावना ! १) जापान स्थित निर्बाचनको शिलशिलामा जापानको निर्बाचन मण्डल म आफूले पनि भेरो सिस्टमका बारेमा बूझेको बुझाई , उक्त सिस्टमका मालिक ग्रेग मिचेलज्यु संग पटक पटक गरेको सम्बाद र स्वयम डा बद्री केसी र महेश श्रेस्ठज्युले उक्त कंपनीको बारेमा दीएको जानकारी र उहाहरुले लिन खोजेको जसको आधारमा पनि भेरो सिस्टमले आफ़ुले प्राप्त डाटालाई दुरुपयोग गरी सिस्टम मेनुपुलेट गर्न सक्दैन। किनकी उक्त कम्पनी अस्ट्रेलियन सरकार संग मान्यता प्राप्त बहुरास्ट्रिय कम्पनी हो र ४६०० जनाको सस्तो निर्बाचनको लागी आफ्नो छबि नबिगार्ने सम्भाबना हुन्छ किनभने भविष्यमा ठुला ठुला अन्य देशहरुका चुनाब गराउन बाट बाचित हुन चाहान्न तर भेरो सिस्टम संग अनिबार्य log data मगाउन सक्नु पर्छ।
२) निर्बाचन मण्डलको अपरिपक्वता र नेपालको निर्बाचन मण्डल र आईटी टिमले भेरो सिस्टमलाई पठाएको डाटा र सार्बजानिक गरेको डाटा फरक पनि हुन सक्छ यसको लागी माथी उल्लेखित ७ जनाको छानबिन कमिटीले भेरोको कंपनीमा गई log data मगाउन सकीएमा दूधको दूध पानीको पानी छुट्ट्याउन सकीने छ। जापान स्थित विषेशगरी अध्यक्षका उम्मेदवार महेश श्रेष्ठज्यु र मेरो आफ्नो कम्जोरी।
१) जापानबाट बिभिन्न पदमा छरपस्ट उठेका ऊमेदवार हरुलाई अध्यक्ष पदका ऊमेदवार महेश श्रेष्ठज्युको संयोजकत्वमा सकेसम्म थोरै उम्मेद्धार उठाउन र एक पदमा एक उमेंदवार मात्र उठाउन केही पहल नगरीनु। मैले पनि कोसिस गरेता पनि निष्कर्षमा पूर्याउन नसक्नू।
२) जापानबाट छरपस्ट उठेका उमेदवारहरुले जापानको प्रतिष्ठा जोगाउन र जापान बाट एकजुट हुनु भन्दा पनि आ-आफू जस्तो सुकै हर्कत गर्न पछी नपर्नु।
३) महेस श्रेष्ठज्युलाई लिडर मानेर म लगायत एनसीसी जापानले बिभिन्न पहल गर्न खोज्दा पनि महेस श्रेष्ठज्यु लगायत उहाको टिम जापानका मतदातालाई समेत कुनै सरोकार नराखी अमुक पार्टीमात्रको बहाकाबमा लाग्नु गल्ती थियो।