दक्षिण कोरिया - गैर आवासीय नेपाली संघ ,राष्ट्रिय समन्वय परिषद (एनआरएनए)दक्षिण कोरियाले सेल्टर स्थापना र व्यवस्थापनमा सहयोग गर्ने उद्देश्यका साथ कोरियाको राजधानि सउलमा पहिलो पटक फुटसल प्रतियोगिता गर्ने भएको छ।
आपसी सद्भाव, भ्रातृत्व एवं एकता विकास गर्ने उद्देश्यका नोभेम्वर २७ तारिखका दिन प्रतियोगिता आयोजना गर्न लागिएको खेल संयोजक तथा एनआरएनए कोरियाका कोषाघ्यक्ष यज्ञमान नायकले बताएका छन।
कार्यक्रमलाई सभ्य,भब्य एवं बृहत् रुपमा सफल बनाउन विभिन्न संघसंस्था, ,फुटबल क्लवहरु, खेलप्रेमीहरुलाई आयोजकले सार्वजनिक अपिल गरेको छ।
प्रतियोगितामा सहभागी हुन चाहने फुटबल टिम तथा संस्थाहरुले टिम दर्ता गर्ने अन्तिम समय नोभेम्बर १८ तारिख सम्म तोकेको छ।
प्रतियोगिताको बिजेता टोलीलाई ३५ लाख कोरियन वोन तथा उप-बिजेतालाई २० लाख कोरियन वोन साथै ट्रफी,मेडल र प्रमाण-पत्र प्रदान गरिने छ।प्रतियोगितामा उत्कृस्ट खेलाडी , सर्वाधिक गोलकर्ता , उत्कृष्ट गोलरक्षक लाई ट्रफी, मेडल र प्रमाणपत्र र कोरियन 1/1 लाख वोन, द्वारा सम्मान गरिनेछ । साथै अनुशासित टिमलाई लाई सम्मान गरिने संघका अध्यक्ष विपिन कुमार गुरुङले बताएका छन्।