रोशन कुँवर/काठमाडौं । समर्पण बस्ती सुधार समितिले मानव सेवा आश्रम नागार्जुनलाई २० हजार ६ सय पचहत्तर रुपैयाँ नगद सहित बिहानको भोजन सहयोग गरेको छ ।
३९ जना बाट सहयोग ४० हजार छ सय पचहत्तर रुपैयाँमा प्राप्त भएको थियो।
समर्पण बस्ती सुधार समितिले सोह्र श्राद्धको अवसरमा आईतबार बिहान मानवसेवा आश्रम नागार्जुन लाई उक्त सहयोग गरेको हो ।
कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष टुकनाथ ढकाल लगायत कार्यसमिति पदाधिकारी एबम् सदस्य , समर्पण बस्तीका बासिन्दाहरुले मानवसेवा आश्रम सञ्चालकलाई रकम हस्तान्तरणको साथै बिहानको भोजन गराएका थिए।
कार्यक्रममा बस्तीका अध्यक्ष ढकालले वृद्धवृद्धालाई सबैले आदर र सम्मान गर्नुपर्ने विचार व्यक्त गरे त्यस्तै आगामी दिनमा पनि समर्पण बस्ती सुधार समितिले असहाय, असक्त , वृद्ध, वृद्धालाई निरन्तर सहयोग गर्दै जाने वचन दिएका छन्।
आश्रमका सञ्चालकहरुले सामाजिक काममा निरन्तर लाग्ने समितिका सबै बासिन्दाहरुलाई असक्त ,असाहय, वृद्ध बा, आमालाई सहयोग गरेको भन्दै प्रशंसा गरेका थिए।
मानव सेवा आश्रमका देशका सातै प्रदेशका १९ जिल्लामा २४ वटा सेवा केन्द्रहरु रहेका छन् । ती केन्द्रहरुबाट हालसम्म आठ हजारभन्दा बढीको उद्धार गरिएको छ र हाल १६ सय जना संरक्षणमा रहेका छन् । तीमध्ये करिब सय बालबालिका छन् भने एक हजार मानसिक समस्या भएका व्यक्ति छन् ।





