गैर आवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका निवर्तमान अध्यक्ष बुद्धिसागर सुवेदीले आगामी २०२३-२५ कार्यकालको लागि एनआरएनए आइसीसीको महासचिव पदमा उम्मेदवारी घोषणा गरेसँगै उनले आफ्नो सात प्रतिवद्वताहरु खुलाएका छन्।
स्याङ्जामा जन्मेर अमेरिकालाई कार्यक्षेत्र बनाएका सुवेदी सफल ब्यावसायी र समाजसेविका रुपमा आफुलाई बिश्वभरिका नेपाली सामु चिनाउन सफल सुवेदी विगत दुई दशकदेखि अमेरिकालाई आफ्नो कर्मभूमि बनाउँदै आएका छन् । सन २००३ मा अमेरिका जानु अघि पनि विभिन्न कलेजमा अध्यापन पेशामा सक्रिय सुवेदी विद्यार्थी जीवनदेखि नै सामाजिक कार्यमा अग्रसर हुदै अमेरिका पुगेपछि पनि एनआरएनए अभियानमा लागेर आफ्नो ब्यावसायसँगै सक्रिय रुपमा सामाजिक सेवा गर्दै आएका छन् ।
कठिन परिश्रम र मिहिनेत साथै परिवारको उत्तिकै सहयोग र साथले गर्दा अहिले उनी युएसका सफल ब्यावसायीको रूपमा स्थापित भैसकेका छन् । हाल उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गरिरहेका छन् भने नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले भर्खरै भैरहवामा रहेको पाचँ तारे टाइगर प्यालेस रिसोर्ट समेत खरिद गरेका छन् । पछिल्लो समय सबैको माझ लोकप्रिय, हसिला र सरल स्वभावका सुबेदी सस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि यस पटक आफू महासचिव पदमा उमेद्धवारी दिन लागेको बताएका छन्। हाल उनी लगायत एनआरएनए अध्यक्षका प्रत्यासी महेश कुमार श्रेष्ठ मध्यपूर्व र एसिया प्यासिफिक भ्रमणमा निस्केका छन्।
उनले संस्थालाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगाएत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्न, सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन साथै नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र नियन्त्रणको निम्ति पारदर्शीरुपमा सार्वजनिक गर्न, अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको बताए ।
यही आउँदो अक्टोबर १७ देखि हुन लागेको संघको ११औं महाधिवेशनबाट संघमा नयाँ नेतृत्व चयन हुँदैछ । तीन दिने विश्व सम्मेलन तथा महाधिवेशनमा विश्वका करिव ८० देशबाट झण्डै ४२ सय एनआरएनका प्रतिनिधिहरु सहभागी हुँदैछन् ।
यस्तो छ उनको प्रतिवद्वतापत्र


