नयादैनीकी/ कोरिया संवाददाता
छुसक कोरियाको महान चाड हो त्यो समयमा सार्वजनिक विदा दिइने गरिन्छ। कोरियनहरु यो पर्वमा आफ्ना परिवार नातेदार संग भेटघाट गर्ने रमाइलो गर्ने गर्दछन् । यो समय लामो सार्वजनिक बिदा हुनुभएकाले कोरियामा हुने नेपालीहरु पनि साथीहरुसँग भेटघाट गर्दै रमाइलो गर्ने गर्दछन् किनकि लामो विदा र कम्पनीको कामले थकित नेपालीहरु दु:ख बिसाउने चौतारीनै बनेकोछ छुसक। त्यसो त नेपालीहरु अहिले दक्षिण कोरियामा लगभग ५० हजारको हाराहारीमा रहेका छन्। कतिपय रोजगारीको शिलशिलामा , स्वरोजगारको शिलशिलामा, विवाह गरेर , अध्ययनको सिलसिलामा दक्षिण कोरिया पुगेका छन्।
त्यसो त नेपालीहरूको बिदा हुँदा साथीभाईको भेटघाट गर्ने प्रमुख गन्तव्य सउल स्थित दोङदेमुन नै हो। कोरियामा जति -जति नेपालीहरूको जनसंख्या बढ्दै गएको छ त्यसैअनुसार त्यहाँ नेपाली संघसंस्थाहरूको पनि उदय भएको छ सामाजिक संघसंस्था, जातीय ,क्षेत्रीय सस्थाहरू प्रशस्तै छन् उनीहरुले धेरै राम्रा-राम्रा परोपकारी कामहरु पनि गर्दै आएका छन् तर ती संघसंस्थाहरु कोरियन सरकारले मान्यता नपाएका संस्थाहरु हो, हुनत प्रवासमा नेपालीको लागि नेपाली नै चाहिन्छ भन्ने मूल उद्देश्यका साथ खोलिएको संस्था भएको कारणले गर्दा कोरियामा दर्ता हुनुपर्छ भन्ने कहीँकतै लेखिएको त छैन तरपनि कतिपय काम गर्दा वैधानिकतालाई सार्थकता दिनुपर्ने हुँदा असमान सम्झौता गर्दै कोरीयनको सहारा लिनुपर्ने अवस्था आएको छ।
तर विगत केहि समय यता यहाँ संघसंस्थाको नाममा विकृति मौलाउँदै गएको छ हुन त गैरआवासी नेपाली संघ एनआरएनए दक्षिण कोरिया , नेपालीहरूको पुरानो संस्था नेपाली सम्पर्क समिति जस्ता सामाजिक संस्था छन् ती संस्थाले नियमन गर्नुपर्ने आधारहरु हुनसक्छन तर उनीहरू यस्तो विकृती माथि मौन छन् किनकि उनीहरुलाई बोल्ने अधिकार छैन जो बोल्यो त्यो नराम्रो हुन्छ नियमन गर्ने निकाय छैन मेवा बिनाको दाइ भएको कोरियाको नेपाली समाज यो हुनुको मुख्य कारण हो दक्षिण कोरियामा खोलिएको धेरै संघसंस्थाहरु दर्ताबिना चलेको हुनाले कतिपय संघसंस्थाहरु स्थानिय निकायको कर कार्यालयमा दर्ता भएको छ तर त्यस्तो संस्थाले मात्र आफ्नो संस्था र संस्थाको परिधि भित्र रहेर मात्र काम गर्न पाउँछन्। अर्को कुरा अहिले व्यक्ति हावी हुँदा व्यक्तिगत स्वार्थको लागि २ , ४ जनाको साथ लिएर ग्रुप बनाउने र सामाजिक कामको लागि भनेर व्यक्तिगत लाभ लिने संस्थाहरु अहिलेको परिप्रेक्षमा धेरै खुलेको छ।
हालै मात्र एउटा ग्रुपले नेपालबाट मंगोलियन हार्ट लेराएर छुसकमा कार्यक्रम देखाउने भनेर निकै तामझामको साथ प्रचार-प्रसार भनि गर्यो ,पोस्टर पनि बनायो गल्ली गल्लीमा ब्यान्डको नाम भजायो , राजु लामाको स्टारडमको भरपूर उपयोग गरे , टिकट पनि धेरै विकायो तर जब कार्यक्रम हुने दिन नजिकिंदै गयो न त कलाकार कोरिया आउने अत्तोपत्तो छ न त कार्यक्रमको तयारी विषयमा आयोजकको धारणा नै सार्वजनिक भयो। अन्त्यमा मंगोलियन हार्ट र अन्य कलाकार कोरिया आउन पाएनन् र कार्यक्रम क्यान्सिल भयो। कार्यक्रम क्यान्सिल हुनुको मुख्य दोष यही ग्रुपको थियो जसले कलाकारहरूको भिषा एप्लाई नै गरेको थिएन यो सरासर नेपालीलाई ठग्ने नियत थियो, भ्रम छर्ने मेसो थियो भन्ने कुरा मंगोलियन हर्टले निकालेको विज्ञप्ति बाट बुझ्न सकिन्छ।
के भन्छ मंगोलियन हार्ट ग्रुप कार्यक्रमको विषयमा विज्ञप्ति हेर्नुहोला

अब कुरा उठ्छ काटेको टिकटको रकम कहाँ गयो
विशेष स्रोतका अनुसार लगभग तीन हजारभन्दा माथि टिकट बिक्री गरेको बुझिएको छ ३०००० हजार वनको हिसाबले गर्दापनि भन्दा माथि बिक्री भएको खण्डमा अनुमानित ८ करोड वन भन्दा माथि रकम आयोजकले कुम्ल्याएको देखिन्छ।आयोजकले अहिलेसम्म पनि कार्यक्रम कहिले गर्ने? कति रकम बुझेको छ र त्यो रकम फिर्ता गर्ने हो? या त्यही टिकेट बाट चाँडै अर्को मिति तय गरेर कार्यक्रम गर्ने? भन्ने कुरा अहिले सम्म सार्वजनिक गरेको छैन।त्यसो त यो कार्यक्रम गर्ने आयोजक मध्येका एक व्यक्ति कोरियाका एक विवादित पात्र हुन्।
के भन्छन् आयोजक : यो कार्यक्रम मूलतः कोरीयन आर्ट्स युनिभर्सिटीले यो कार्यक्रम हो । बर्सेनि बिश्वबिधालय बिद्यार्थीहरुका लागी भनेर प्रत्येक बर्ष कार्यक्रम गर्ने गरेको छ । यसपटक नेपाली बिद्यार्थीका लागी भनेर गर्न लागेको कार्यक्रम थियो तर उक्त युनिभर्सिटीले सबै नेपालीलाई समेट्ने भनेर बृहत कार्यकम गर्न लागेको र त्यो जिम्मा हामीलाई दिएको थियो। कार्यक्रम बृहत् बनाउनको निमित ख्यातिप्राप्त नेपाली कलाकारले ल्याउन हामीले जिम्मा पाएका थियौं त्यसैले हामीले मंगोलियन हर्ट लगायत तृष्णा गुरुङ र टिकटक स्तर मिस पवि लाई छानेका थियौं । युनिभर्सिटीले कार्यक्रम गर्दा हल व्यवस्थापन साउण्ड सिस्टम उपलब्ध गराउने निर्णय गरेको थियो भने हामीले कलाकार छनोट व्यवस्थापन हवाई टिकट ब्यहोर्ने भनेका थियौं। अहिलेको परिप्रेक्ष्यमा कोरीयन दुतावासबाट भिसा अपोइन्टमेन्ट लिनुपर्ने रहेछ तर युनिभर्सिटीको तर्फबाट हामीले कोरीयन राजदूतावासलाई भिसाको लागि भन्छौ भनेर ढुक्क हुन आश्वासन दिए हामीपनि युनिभर्सिटीको व्यक्तिले भनिसकेपछि हामीपनि ढुक्क भएका थियो तर अन्तिमघडीमा काउन्सिललाई विभागबाट भिसा आवेदन नलिइकन भिसा दिन नसकिने जानकारी आएपछि हामी अक्कन बक्क भयो। हामीले पोस्टर छाप्ने देखि प्रचारप्रसार हामीले आफ्नै खर्च बाट गरेउ अहिले हामीले आर्थिक र भौतिक रुपमा क्षति भोग्नपर्यो ।
विश्वविद्यालय र हाम्रो योबीचमा अबको कि गर्ने भन्ने विषयमा छलफल पनि भएको थियो छलफलका क्रममा क्रिसमसको अवसर पारेर कार्यक्रममा निरन्तरता दिने निर्णय गरेका छौं।
व्यक्तिगत स्वार्थको लागी खोलिएका ग्रुपले गर्दा नाम चलेका र संस्थागत स्वार्थको निमित्त मात्रै अगाडि बढेका कोरियाका नेपाली संस्थाहरु चपेटामा परेका छन् । यस्तो अवस्थामा नेपालीले नेपालीलाई ठग्ने परम्पराको अन्त्य कहिले हुन्छ ? सरोकारवाला संघसंस्था मौन छ। सामाजिक अगुवाकर्ता मौन छन् , पत्रकार महासंघ कोरिया मौन छ । अब यो विषयमा बोली दिने को?
