काठमान्डौ
उमेर आफैँमा केही होइन । हुनु पर्यो त जोस, जाँगर र केही गर्ने आत्मबल । उमेरले युवा हुनेहरू सबैको उद्देश्य र केही गर्ने आँट अनि गन्तव्य तारिफ गर्न लायक कै हुन्छ भन्ने छैन । त्यसमाथि युवा उमेर, जोस अनि उद्देश्य र केही गर्नै आँट पनि युवा नै भयो भने सुनमा सुगन्ध हुने नै भयो । प्रसङ्ग र विषय हो यही अक्टोबरमा हुने एनआरएनएको चुनावको । पछिल्लो समय एनआरएनएको चुनाएको माहौल तातिरहेको अवस्थामा विभिन्न पदमा उम्मेदवारी दिएर यसो गर्छु र उसो गर्छु भनेर आ(आफ्ना घोषणा पत्र सार्वजनिक गर्ने कार्यलाई पनि उम्मेदवारहरूले अगाडि बढाइरहेका छन् ।
कतिले पुरा हुने र गर्न सकिने प्रतिबद्धता व्यक्त गरेका छन् भने धेरैको चुनावी आकर्षण मात्र पनि देखिएको छ । तर यो यात्रामा गर्न सकिने, क्षमता र दक्षताको आधारमा पुरा हुने अनि गफ मात्र होइन कि काम र उद्देश्य पनि सकारात्मक रूपले अगाडि बढाउन सकिन्छ भन्ने उँचो र बलियो आत्मबल बोकेर चुनावी मैदानमा होमिएका युवा हुन् अब्दुल वासिद । उनी उमेरले मात्र युवा छैनन्, उनले युवाहरूकै लागि केही गर्ने हुटहुटी अनि उनीहरूको सिप र क्षमतालाई मध्यनजर गर्दै लगानीका विविध स्रोतहरू खोजेर युवाहरूलाई समेट्ने गजबको सोच र योजनालाई सार्वजनिक गरिसकेका छन् ।

चुनावमा उठ्नको लागि मात्र अब्दुलले योजना ल्याएका होइनन्, उनी पहिला देखिनै युवा केन्द्रित माहौल र व्यापार ब्याबसायमा आबद्ध हुँदै अगाडि बढेका युवा हुन् । त्यसैले त एनआरएनएको युवा उपाध्यक्ष पदका उम्मेदवार अब्दुलको यो उम्मेदवारीलाई लिएर ‘सही व्यक्ति सही पद’ को रूपमा चर्चा गर्न थालिएको छ । उनले सुरुमा नै युवाहरूका लागि १ करोडको कोष स्थापना गर्ने योजनाको घोषणा गरेपछि एनआरएनए अभियन्ताहरूबिच तरङ्ग नै पैदा भएको छ । । गैर आवासीय नेपाली सङ्घ एनआरएनएका वर्तमान युवा संयोजक वासिदले युवाहरूका लागि एनआरएनए स्पोर्टस् एकेडेमीका निमित्त व्यक्तिगत ५ लाखबाट सुरुवात गरेर आफ्नो कार्यकालमा १ करोडको कोष खडा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले बुझेका छन् कि ‘देश समृद्ध बनाउन र एनआरएनए अभियान सफल बनाउन युवाहरूका विशेष योजना ल्याउन अत्यावश्यक छ ।’
उनी लामो समयदेखि कतारमा रहेर विभिन्न व्यापार ब्याबसायमा आबद्धता जनाउँदै आएका प्रवासी नेपाली हुन् । युवाको सोच, उद्देश्य र उनीहरूको चाहलाई नजिकबाट चिनेका र बुझेका युवा हुन् उनी । सर्पको खुट्टा सर्पले देख्छ भने जस्तै युवाको मन र भावनालाई बुझेका उनले युवाको सिप, दक्षता र क्षमतालाई उजागर गर्नु पर्ने उद्देश्य सहित एनआरएनए युवा उपाध्यक्ष पदका उम्मेदवार दिने जून निर्णय गरे, त्यसलाई स्वागतयोग्य रूपमा हेरिएको छ । यसैबिच नेपालमै पहिलो पटक बेलाको ब्रान्डका सामाग्रीहरू भित्र्याएर नेपालको अर्थतन्त्र चलायमान बनाउन उनले जून योगदान दिएका छन्, यसबाट के बुझिन्छ भने वासिदले कुरा मात्र होइन काम पनि गरेका छन् र, कामलाई झनै बिस्तार गर्ने योजनाका साथ अगाडि बढेका छन् भन्दा धक मानिरहनु पर्दैन ।
https://youtu.be/u0_ld0Nix1I?si=bhIhz1LnpgOFFuOM