शिवप्रसाद पोखरेल
रक्सी खाने मानिस मात्र रिसाउंछन्, झन्किन्छन्, म जस्ताहरु अलि बढीनै रिसाउनंछन्, झनक्क हुन्छन् भन्ने भनाईछ। सांच्चै हो की, जस्तो लाग्छ। भेलु बाजेहरु पनि रिसाउंछन्, झन्किन्छन, रक्सी खाने नेताहरु नखाने भन्दा बढी रिसाउंने, झनक्क हुने गर्छन्। ऋषिमूनीहरु रिसाउंदैनन् झन्किंदैनन्, भगवान पनि त्यस्तै हो भनिन्छ तर उहांहरु रिसाएर श्राप दिएका, भष्म बनाएका कथाहरु पनि धेरै छन्। त्यसको बारेमा कोहि बोल्दैनन्।
सामान्य नियममा घरमा छोरा-छोरीसंग रिसाउन झन्किन नपाई, श्रीमतीसंग रिसाउन झनक्क हुन नपाई, यदि त्यसो भएमा केहि समय नबोलिकन बस्न पाई आदि ईत्यादी। हामी कार्यालयमा पनि रिसाउन नपाई, रिसाउनेनै हो भने ट्वाईलेटको भित्तासंग रिसाउदा, घरमा सीरानीसंग रिसाउंदा कहिं कतैबाट गुनासो आउंदैन्। ती बिचरा भित्ता, सिरानीले कहिल्यै जवाफ फर्काउंदैन, जहिल्यै हाम्रो समर्थन गर्छन जस्तो लाग्ने। त्यहां पनि रिसाउन नपाईने भयौं भने कहां गएर रिसाउने? ज्ञानी हुन सकिएन्, जस्ले जे भन्दा पनि सहन सकिएन् अनि नरिसाएर, नझन्किएर कसो गर्ने?
नरिसाएमा कतैबाट पनि समस्या आउने थिएन होला तर त्यो सम्भव भएन्। आज सम्म यसरीनै विताईयो अव उप्रान्त पनि दिनहरु यसरीनै वित्ने छन्। तथापी रिसाउन, झनक्क हुन मिले सम्म कम गर्दै जाऔं। सबैको शुक्रबार सुखद रहोस्।