पिपुल अफ नेपाली ओरिजिन (पिएनओ) र थाइल्याण्डको प्रतिनिधित्व गर्दै खुशी कार्की नेपालमा आयोजित "मेरो डान्स युनिभर्सको' शीर्ष ६ मा पर्न सफल भएका छन्।
मेरो डान्स युनिभर्स’ कार्यक्रम नेपाल टेलिभिजन गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद थाइल्याण्ड र पिपुल अफ नेपाली ओरिजिन (पिएनओ)ले शीर्ष ६ मा पर्न सफल खुसी कार्कीलाई अत्याधिक मत दिई विजयी गराउन अनुरोध गरेको छ। कार्यक्रम नेपाल टेलिभिजन प्लसबाट प्रसारण भइरहेको छ । विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागीमध्ये छनोट भएका नृत्यका ५० प्रतियोगीलाई उछिन्दै शीर्ष ६ स्थानमा पुगेका छन्।
नेपाली भाषा, कला र संस्कृतिको संरक्षण एवं प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरेको इन्ट्रा–नेसनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले विश्वमा बसोबास गरिरहेका नेपालीहरुबीच सांस्कृतिक एकता कायम गर्न , मातृभूमि सँग दोश्रो पुस्ताका नेपाली तथा नेपालीभाषी गैर आवासीय नेपालीहरुलाई जोड्न गायन र नृत्यका यी दुई प्रतियोगिताको आयोजना गरिएको आयोजकले बताएको छ।
नृत्यतर्फको निर्णायकमा अभिनेत्री मिथिला शर्मा, नृत्यकार शङ्कर विसी, अभिनेता दिलीप रायमाझी, अभिनेत्री केकी अधिकारी र प्रियङ्का कार्की तथा नरमान राई छन् ।
नेपालमा आयोजना भएका रियालिटी सोमध्ये अहिलेसम्मकै सबैभन्दा धेरै राशिको पुरस्कार रहेको छ।
गायन र नृत्य गरी दुवैतर्फ प्रतियोगितामा छानिएका प्रथम हुनेले जनही रु एक करोड, दोस्रो हुनेले रु ३० लाख र तृतीय हुनेले रु २० लाख पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै, समूह नृत्यका विजेतालाई पनि आकर्षक पुरस्कारको व्यवस्था छ । संसारभरबाट आएका नेपालीभाषी प्रतिभाहरुबीच काठमाडौँमा भएका विभिन्न साइट्लेस अडिसनबाट यी प्रतिभा छानिएका हुन् ।
पहिलो अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो 'मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स' को फिनाले आगामी भदौ २ गते हुने भएको छ। उक्त फाइनलमा सहभागी हुन थाइल्यान्डबाट एनआरएनए अध्यक्ष भविन्द्र बस्नेत, थाई नेपाली संघका पूर्व अध्यक्ष कुमार कार्की लगायत ३० जनाको जम्बो टोली नेपाल आउँदै छन्।