शिवप्रसाद पोखरेल
पहिला ३३ किलो सुन कहां लगे कसरी थन्क्याए? एक तोला पनि देख्न पाईएन। सेतेहरु जेलमा गए, ठूलेहरुको पत्तो लागेन्। अहिले सम्म अत्तो पत्तो छैन भन्छन, तर अझै आश लाग्ने, एक किलो सम्म भए पनि भेटिएलाकी भनेर। ७५० खिल्ली सुनको चुरोट पनि भ्याएछन, जम्मा ९ किलो जति मात्र भन्छन्, त्यो पनि अत्तो पत्तो छैन्। सुनको चुरोट कस्तो हुन्थ्यो हेर्न नपाउंदा खल्लो लागेको छ।
मानिसहरुले थाहा नपाउने बाटोबाट आएको सुन धेरैले गहना बनाएर लगाए होलान्। विगतका सुनका घटनाले खुशी मिलेन्। हिजो आज खुशी कतैबाट पनि मिल्दैन्। थोरै खुशी भेलु बाजेको भाषा..के आश! के घांस!आजकल त उ..त्यो...यत्रोको... जस्तै लाग्ने। बाट मात्र मिल्छ।
तर आज विभिन्न मिडियाबाट जानकारीमा आएको सुन नेपालमा आएर भन्सार पास भई बाहिर निस्किए पश्चात जम्मा जम्मी १०० किलो जति मात्र समातियो भन्ने खबरले ठूलै खुशी मिल्यो। सुन्दा पनि आनन्दनै आउने ठूलै मात्रामा सुन भित्रियो। त्यो पनि सरकारको हातमानै पर्न गयो, भन्सार विभागका महानिर्देशकज्यू तपाईंको टीमको यो कामलाई इतिहासले मूल्याङ्कन गर्नेछ, यदि
त्यसो भएन भने पनि भगवानको आशिष तपाईंको टीमलाई मिल्नेनै छ। त्यो सुन देशको लागि सहि ठाउंमा सदुपयोग होस्। हामी भाग्यमानीनै रहेछौं। विगतका सुनका डल्लाहरु, सुनका चुरोटहरु देख्न पाएका थिएनौं हिजो र आज क्या मज्जा आउने गरेर सुन बोकेको देख्न पाईयो।
आजकल खुशी दिने काम भेलु बाजेको बोलिले मात्र हो जस्तो लाग्थ्यो तर खुशी भन्सार विभागका महानिर्देशकज्यूको टीमबाट मिल्यो। धन्यबाद सर जनतालाई खुशी दिनु भएकोमा। भेलुबाजेको भाषामा रन्का....रन्काई दे, भनेर हामिले त्यसरी अनुरोध गरेछम्। बुझ्नु भो मेरो कुरो?