काठमाडौँ
काठमान्डौको व्यस्त ठाउँ चाबेल स्थित के. एल टावरमा अवस्थित सेजङ इन्टरनेशनल इन्स्टिच्युटले आफ्नो संस्थान विधिवत रुपमा उद्घाटन गरेको छ।दक्षिण कोरियाको प्रसिद्ध विश्वविद्यालयका रूपमा परिचित नामसङ विश्वविद्यालयका प्रोफेसर डा. जु सेइजिन, प्रोफेसर सिर्जना थापा , अध्यक्ष शान्ति कला राई लगायत व्यक्तित्वहरुबाट दीप प्रज्वलन सहित केक काटी उद्घाटन गरेका थिए।
दक्षिण कोरियाबाट आएका प्रोफेसरद्वय प्रोफेसर डा. जु सेइजिन, प्रोफेसर सिर्जना थापालाई इन्स्टिच्युटबाट फूलमालासहित स्वागत गरिएको थियो।
इन्स्टिच्युटका अध्यक्ष शान्ति कला राईको सभापतित्वमा शुरू भएको कार्यक्रममा इन्स्टिच्युटका प्रबंधक प्रविन कुलुङ राई र दीप कुलुङ राईले स्वागत मन्तव्य साथै संस्थानको आगामी योजनाको बारेमा प्रष्ट पारेका थिए।
इन्स्टिच्युटले प्रोगामलाई रोचक बनाउन कोरीयन भाषा अध्ययन गरिरहेका विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको साथै प्रसिद्ध कोरीयन गीत आरिराङ गाएर मन्त्रमुग्ध बनाएका थिए।
प्रमुख अथिति प्रोफेसर डा.जु सेइजिनले इन्स्टिच्युट स्थापनाको शुभकामनाको साथै कोरीयन भाषा र संस्कृति प्रति नेपालीहरूको उत्सुकता र इच्छाले आफू भावविह्वल भएको बताउनुभयो।कोरीयन र नेपाली कला संस्कृति बीच आदनप्रदान हुँदा अझै दुई देशबीचको अन्तरसम्बन्ध अझै प्रगाढ हुने बताउनुभयो ।
त्यस्तै प्रोफेसर सृजना थापाले नेपालीहरुको प्रमुख गन्तव्य अहिले दक्षिण कोरिया भएकाले कोरिया जानुअघि कोरीयन भाषा , संस्कृति , चलन सिकेको खण्डमा कोरियाको बसाई सहज हुनेमा जोड दिनुभएको थियो त्यस्तै इन्स्टिच्युटको सफलताको शुभकामना पनि दिनुभएको थियो।
इन्स्टिच्युटका अध्यक्ष शान्ति कला राईले दक्षिण कोरियाबाट नेपाल आएर हौसला प्रदान दिनुभएकोमा प्रोफेसरद्वय डा जु सेइजिन र सृजना थापालाई धन्यबाद दिनुभएको थियो त्यस्तै यस इन्स्टिच्युटले कोरियाको भाषा पढाउने मात्र नभई कोरीयन जीवनशैली , आधारभूत शिक्षा एबम् सीपमुलक तालिम पनि प्रदान गर्ने बताउनुभयो।स्मरण रहोस् राई कोरियाको नामसङ विश्वविद्यालय बाट मास्टर डिग्री पास गरेर अहिले कोरीयन भाषा अध्यापन गराउँदै आउनुभएको छ। नेपालमा अध्यापन क्षेत्रमा अध्यापन गराउने सीमित महिलाहरूमा पर्नुहुन्छ।
के एल टावर स्थित सेजङ इन्टरनेसनल इन्स्टिच्युटमा अहिले सयौंको संख्यामा विद्यार्थीहरु अध्ययन गर्दै आएका छन्।
उक्त अवसरमा सेजङ इन्टरनेसनल इन्स्टिच्युट र दक्षिण कोरियाको नामसङ विश्वविद्यालय बीच सम्झौता ज्ञापन पत्र (memorandum of understanding) भएको छ।
यो सम्झौता पश्चात नेपाली विद्यार्थीहरू नामसङ विश्वविद्यालयमा अध्ययन गर्न जान सक्नेछन्।


