शिवप्रसाद पोखरेल
के आशा गर्ने त्रिभुवन विश्वविधालयका शिक्षकले पढाएका, त्यहांको व्यवस्थापन हेरेर सिकेका कर्मचारी, नेता, शिक्षक, सुरक्षाकर्मी, म आदिबाट! नेपालमा सकारात्मक परिवर्तन खोज्ने हो भने ढीला नगरिकन पुस्तौं जमेर रहेको नकारात्मक उर्जाको खानी, त्रिभुवन विश्वविधालय नामक विक्रितिको चंगुल सबै मिल्काएर नयां संरचना तयार गर्नु पर्छ भन्ने लाग्छ। त्यहि फोहरको डंगुरबाट हुर्किएकाहरुले जे सिके र ज्ञान लिए उसै अनुसार गर्दा आज देशनै लजाउन पर्ने अवस्थामा ठेल्दिए। फोहरमा बस्ने झिंगालाई सफा ठाउं मन पर्दैन्। सफा ठाउंमा गए पनि उस्को जमातले गर्ने फोहर हो, र त्यस ठाउंलाई दुर्गन्ध फैलाउनेनै हो।
वार्षिक परीक्षा लिन्छ, कुन पार्टीको विरोध छ भनेर उत्तर पुस्तिका जांच गर्न ढीला गर्छ, त्यहि वेलामा आफ्ना नांगेहरुका आफन्तले पनि परीक्षा दिएको छ भने उत्तर पुस्तिका उताको यता यताको उता मिलाउंछ भन्छन्। अनि नतिजाको लागि कुर्दा कुर्दै, केहि विधार्थी स्वर्गलोक, कोहि बनवास, केहि विदेश पलायन भैसक्दा पनि नतिजाको लागि अन्तिम चरणमा रहेको छ, त्रुटी नहोस भनेर तयारी हुंदैछ भन्दै महिनौं उग्राएर बस्छ। यस्तो देशमा पनि मानिस जस्तै आकार लिएर जन्मिएका हामी अभागीहरु!! गुनासो गर्ने ठाउं पनि छैन्।
हाल बहुसंख्यक सक्ने जतीले ठीकै सोच लिएर अगाडी बढेका छन भन्ने लाग्छ। विधालय स्तरको अध्ययन सके पश्चात नेपालमानै बसेर केहि गर्छु भन्ने विधार्थी पाउन त, काठमाण्डौको विष्णुमती खोलामा शालिग्राम खोज्न जत्तिकै गाह्रो भैसकेको अवस्थाको बारेमा पनि थाहा छैन यि नांगेहरुलाई! व्यवस्थापनमा रहेका नांगेहरुलाई कुनै मतलव देखिएन्।
झण्डै ५लाख हाराहारी विधार्थीहरु, जस्को शारिरिक बवानवट परिवर्तनको चरणमा, के गरौं र कसौ गरौं भन्दै मन चञ्चल हुने अवस्थाका यिनलाइ पनि राज्यले झण्डै ३ महिना थन्क्यायो। आफ्नो इच्छा अनुसार नभै बाबु आमाको पछि लागेर नेपालमा जन्मलिएको कारण ति बाबु नानीहरु ३ महिना सम्म कोहि पव्जी खेल्ने, कोहि के नामको गेम खेल्ने गर्दै आंखा विगार्दै, ढाड कुप्रो बनाउदै विताए। विचरा अभागीहरु!!
कुन नांगेले भनेको लगभग ५ लाखको उत्तर पुस्तिका जांचेर कम्युटरमा इन्ट्रि र रुजु गर्नका लागि यत्तिका समय लाग्छ भनेर? कुन ढुंगे युगको कुरा गर्दैछौ नांगेहरु? ढुंगे युगमा सम्भव हुने अभ्यासहरु कहिल्यै परिवर्तन नगरी निरन्तरता दिंदै जाओ। मानिस बाठा भैसके, बच्चा जन्माउन पनि छोडिसकेका छन्। ४-५ वर्ष यसरीनै चलाउंदै जाओ, त्यस पछि विधालयमा विधार्थी हुंदैनन्। पशुपतीनाथ- बौद्धनाथ वरी परि डुल्ने बांदरलाई समातेर पढाएर बस् नांगेहरु। विचरा हामी अभागीहरु!!