कोरीया
एनआरएनए कोरियाको २०२३-२०२५कार्यकालको लागि वरिष्ठ उपाध्यक्ष पदमा पार्वती मोक्तानले उम्मेदवारी दिने चर्चा चुलिएको छ। वोमन फर वोमनका अध्यक्ष, तामाङ घेदुङ दक्षिण कोरीयाको संरक्षक समेत रहेकी पार्वती मोक्तान कोरियाको नेपाली समाजका एक लोकप्रिय पात्र हुन्।
मोक्तान नेपाली समुदायमा परिचित नाम हो। नेपाली महिलाहरूको संस्था वोमन फर वोमनको अध्यक्ष समेत रहेकी उनी कोरियामा नेपालीहरूको सुख दुःख की चेली पनि हुन्।
गैरआवासीय नेपाली संघ, दक्षिण कोरियाको परिषदमा पनि सक्रिय भूमिका खेल्दै आएकी दक्षिण कोरियामा महिलाहरूको संस्था वमेन फर वमेनको अध्यक्ष जिम्मेवारी वहन गरिरहेकी छिन्। कोरियामा आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्न अग्रणी भूमिकामा आफ्नो उपस्थिति देखाउँदै आएकी उनी कोरियामा स्थापित दर्जनौ संघसंस्थाका सल्लाहकार समेत छिन् । मोक्तान कोरियाको नेपाली समुदायमा निकै नै चर्चित छिन् ।
कोरियाको एक मात्र महिलाहरुको साझा संस्था वमन फर वेमन (महिलाको लागि महिला) सदस्य देखि अध्यक्ष सम्म हुँदा पार्वती मोक्तानले कोरियामा समस्यामा परेका धेरै महिलाहरुलाई उद्दार गर्ने कार्य गरेकी छिन् ।
मोक्तानले कोरियामा समस्या परेर दुःख पाएका कैयौँ नेपाली दिदी बहिनी तथा दाजुभाईहरुलाई उद्दार गर्ने कार्य गर्नुका साथै निःशुल्क सेल्टरको व्यवस्था गरी उनीहरुलाई त्यही राख्ने व्यवस्था समेत गर्दै आइरहेकी छिन् । बेरोजगार, विरामी, असहाय नेपाली दिदी बहिनी तथा दाजु भाईहरुलाई सेल्टरमा राखी प्रत्येक महिनाको एक पटक निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने कार्यलाई निरन्तरता दिइरहेकी छिन् ।उनले कोरियन भाषा नजान्ने नेपालीहरुलाई भाषा अनुवादको रूपमा सहयोग गर्दै आएकी छिन् । त्यस्तै नेपाली भाषा संस्कृति परम्परा लाई विदेशमा सम्वर्धन र प्रवर्धन गर्नको निमित्त पनि उनले महत्वपूर्ण भूमिका खेल्दै आएकी छिन्।
एनआरएनएको विभिन्न अभियानमा सहभागी हुँदै आएकी पार्वती मोक्तान नवौं कार्यसमितिमा जोडिए एनआरएनको कोरियाको सान ,मान र भरोसा अझै बढ्ने यहाँका नेपालीहरूको विश्वास छ।