कोरिया
गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको चुनावी सरगर्मी ह्वात्तै बढेको छ यसै अन्तर्गत अध्यक्ष पदमा आफ्नो आधिकारीक उम्मेदवारी दिएका विपिन कुमार गुरुङले यहाँ क्रियाशील विभिन्न सामजिक, जातीय , क्षेत्रीय, राजनीतिक एबं कोरियामा क्रियाशील युवाहरुको बाक्लो समर्थन साथसाथै आफ्नो उम्मेद्धार घोषणा गरेका छन्।
विपिन कुमार गुरुङको उम्मेदवारी घोषणासभामा कोरियाका नेपाली समाजका अगुवाईहरुको उपस्थिति रहेको थियो। सभामा मजदुरको हक हितमा आहोरात्र खट्दै आएका MTU का अध्यक्ष उदय राई देखि, प्रसिद्ध नेपाली व्यवसायी भीम गुरुङ लगायत एनआरएनए कोरियाका संस्थापक गंगाराज राई, एनआरएन कोरियाका पूर्व अध्यक्ष लक्ष्मी लामा गुरुङ , नेपाल पत्रकार महासंघ दक्षिण कोरियाका अध्यक्ष किसन गौतम , वोमन फर वोमनका अध्यक्ष पार्वती मोक्तान , गण्डकी प्रदेशका अध्यक्ष प्रवीण गिरी, बाग्मती प्रदेशका अध्यक्ष वि पि पौडेल , पूर्व अध्यक्ष रवि प्रताप घिसिङ र महासचिव सुरेश थिङ, जनसम्पर्क समितिका सभापति भजेन्द्र क्षेत्री , जनसम्पर्क समितिका पूर्व सभापति एबं व्यवसायी गिरिराज कुँवर , प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष शुभराज बम्जन , मोना कोरियाका अध्यक्ष सुनेश केसी , बाग्लुङ समाजका अध्यक्ष भूमिराज भुषाल, चितवन समाजका अध्यक्ष राजकुमार स्याङताङ , तमु धींको प्रतिनिधि दुर्गा गुरुङ , स्याङ्जा परिवारका अध्यक्ष भक्त बहादुर थापा , गुल्मी सम्पर्क समितिका अध्यक्ष गणेश पौडेल , मकवानपुर कोरिया मंच अध्यक्ष सुर्य रुम्बा , भलिबल संघका अध्यक्ष चन्द्र राना, मनाङ परिवारका पूर्व अध्यक्ष जीत लामा, स्नुकर एसोसिएसन दक्षिण कोरियाका संयोजक राजु लिम्बू , चन्द्र तामाङ, कुन्साङ शेर्पा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। MTU का अध्यक्ष उदय राईले कोरियामा मजदुरको समस्या र समाधानमा विपिन गुरूङको एनआरएनए संग समन्वय र सहकार्य गर्ने बताउँदै जितको अग्रिम शुभकामना दिएका थिए त्यस्तै विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले पनि एनआरएनए अभियानलाई जीवित बनाउन र सार्थकता दिन विपिन गुरुङलाई जिताउन एक्यवद्धता जनाएका छन्।
विगत २३ वर्षदेखि कोरिया रहेर व्यवसाय सञ्चालन गर्दै आउनु भएका गुरुङले एनआरएनए कोरियाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन्। एनआरएनए दक्षिण कोरियाको वरिष्ठ उपाध्यक्ष समेत रही काम गरिसकेका उनी बाग्लुङ समाज , तमू धीं , दोङदेमुन व्यापार संघ , खेलाडीहरूको संगठन लगायत कोरियामा क्रियाशील थुप्रै संघ संस्थामा आवद्ध हुनुहुन्छ भने उनी कोरियाको लाईन्स क्लवमा आवद्ध छन् त्यस्तै उनले कोरियाको समाजमा योगदान गरे बापत कोरियन सरकारद्वारा मानार्थ नागरिकताबाट सम्मानित भएका थिए। उनी हठ्ठी, पारदर्शी, मिलनसार , शालीन तथा सामाजिक व्यक्तित्वको रुपमा आम कोरियावासी नेपालीहरुको मन मस्तिष्कमा बस्न सफल व्यक्ति हुन् ।एनआरएनएको नेतृत्व लिएपछि पनि नेपाली समाजलाई अग्रगामी बाटोमा हिंडाउन आफुले पाएको सामाजिक कामको अनुभब र उर्जा लगाउदै संस्थालाई मजबुत बनाउने लक्ष्य रहेको छ । उनले एनआरएनए कोरियाको नेतृत्वमा रहेर मुख्य दुई कामहरु: दिर्घकालीन र आपतकालीन सामाजिक कामहरु गर्ने उनको घोषणापत्रमा उल्लेख गरेका छन्।
दिर्घकालीन कामहरुमा भने नेपालको विकाससंग सम्बन्धित काम जस्तै एनआरएनए कोरिया हट लाइन सेवा विस्तार , कोरियामा रोजगारी गर्दै आएका र स्वरोजगार गर्दै आएका नेपालीहरुलाई सामाजिक सुरक्षा कोषमा समाहित गराउने , दोहोरो नागरिकताको निरन्तरतामा पहल गर्ने, विदेशमा रहेका नेपालीहरुलाई मतदानको सुनिश्चिता बारे पहल गर्ने र कोरियाबासी नेपालीहरुमा भैपरी आउने समस्या समाधानमा सहयोग गर्ने देखि नेपालीहरुले सिकेका सीप , ज्ञान ,पूँजी र नेपालमा सुरक्षित लगानी गर्न गराउन पहल गर्ने कामहरु रहेका छन ।
आजसम्म कोरियाबाट सिकेको ज्ञान ,सीप, क्षमताको आधार र लामो समय कोरिया बसाइ अनुभवले आफु योग्य तथा सक्षम उम्मेद्वार भएको र सबै नेपालीहरूको साथ समर्थन पाए आफू अझै कामगर्न अभिप्रेरित हुने बताउनुभयो।
त्यस्तै गुरुङ थप्छन् : मेरा संकल्प पत्र पत्रमा मात्र सीमित हुँदैन ढुक्क हुनुहोला मैले १२ सुत्रीय एजेन्डासहित उम्मेदवारी घोषणा गरेको छु।
विपिन कुमार गुरुङको घोषणापत्र यस्तो रहेको छ।
