दिनेश खड्का’खप्तडि’
मलेसिया,
मलेसियामा बुद्ध जयन्ती कार्यक्रमका लागि सम्पुर्ण तयारी पूरा भएको छ । नेपाली राजदूतावास मलेसियाको आयोजनामा एनआरएनए मलेसिया र क्रियाशिल नेपाली संघ-संस्थाहरु सँगको संयुक्त सहकार्यमा २५६७ औं बुद्ध जयन्ती भव्य रूपमा मनाउने भएको छ ।
यहीं मे ४ तारिख बिहिवारको दिन मलेसियामा परेको वेसेक डे को दिन २५६७ औं बुद्ध जयन्ती नवितम र सृजनात्मक तवरले मनाउने सम्पुर्ण तयारी पुरा भैइसकेको बुद्ध जयन्ती ब्यवस्थापक समितिका संयोजक एनआरएनए मलेसिया अध्यक्ष बिनोद थापाले बताए।
शान्तिका अग्रदूत मानिने भगवान बुद्धको जन्म नेपालमै भएको र बुद्धका बारेमा सत्य संदेश विश्वभर पुय्राउने र नेपालको पर्यटन प्रबर्द्धन गर्ने उदेश्यले विगतका बर्ष झै यस पटक पनि बुद्ध जयन्ती मनाउने लागेको हो। विश्वका विभिन्न मुलुकमा बुद्ध पूर्णिमाको रूपमा विविध कार्यक्रमका साथ मनाइँदै आएको छ । बुद्धको जन्म, ज्ञान प्राप्ति तथा महापरिनिर्वाणको त्रिसंयोग रहेको सम्पूर्ण मानव-जगतलाई शान्ति, सद्भाव, दया, क्षमा, करुणा, मुदिता र ज्ञान प्राप्तिको मार्गमा अघि बढ्न सबैलाई प्रेरित गर्ने विश्वास गरिन्छ।
नेपाली दुतावास मलेसियाको प्राङ्गणबाट प्रभात फेरी य्राली सहित ब्रेकफिल्डमा अवस्थित एक सभाहलमा प्रवेश गर्ने कार्यक्रम समापन पश्चात बेलुकाको समयमा मलेसियाको बौद्ध विहार त्रिरत्नद्वारा आयोजीत बृहत य्रालीमा सहभागी हुने कार्यक्रम तय भएको छ।
बुद्ध जयन्तीमा सहभागी हुनलाई नेपाल सहित अन्य मुलुकहरुबाट समेत पर्यटन प्रवर्द्धनमा भुमिका खेल्ने प्रतिनिधिहरु मलेसिया आउने क्रम जारी रहेको संयोजक थापाले बताए । उक्त कार्यक्रममा सहभागिताको लागी एनआरएनए प्रवक्ता सोम सापकोटा मलेसिया आईसकेका छन ।
बुद्ध जयन्ती कार्यक्रम नेपाल र नेपाली भाषिहरुको भएकोले उक्त दिन उत्साहजनक सहभागीताको रहने महामहिम राजदुत डिल्लीराज पौडेलले बताए। उक्त कार्यक्रममा भगवान बुद्ध सम्बन्धित साँकृतिक नृत्य झाँकी समेत प्रस्तुति रहनेछन्।