जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई एनआरएनए अभियानमा स्थापना कालदेखी गरेको योगदानको कदर गर्दै सम्मानित गरिएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) युएई र नेपाल एसोसियसनबीच एकतासहित आयोजना भएको दुबै संस्थाको संयुक्त वार्षिक भेलामा सम्पादक बगाले सम्मानित भएका हुन् ।
बगालेलाई कार्यक्रमका प्रमुख अतिथी नेपाली दुताबास युएईका कार्यवाहक राजदुत बिशाल भट्टराई,एनआरएनए मध्यपुर्व संयोजक मनोज गोर्खाली,एनआरएनए युएईका प्रमुख संरक्षक रमेश श्रेष्ठ,एनआरएनए युएईका अध्यक्ष ठाकुर प्रसाद ढुङ्गानाले प्रमाणपत्र र ट्रफीले सम्मान गरिएको थियो।
सम्मानित बगालेले बिगत १५ बर्ष देखि जनसवाल राष्ट्रिय दैनिकमार्फत गैरआवासीय नेपाली, वैदेशिक रोजगारका विषयलाई प्रमुखताका साथ स्थान दिदै आएका छन् । दुःख कष्ट, अपाङ्गता, शिक्षा, स्वास्थ्य, जोखिम वा विपत्तिमा परेका नेपालीको उद्धार गर्ने, नेपालीहरूको एकताका लागि सक्रिय भुमिका निर्वाह गर्ने, देशको इज्जत एवं गौरव बढाउने र कीर्तिमान कायम गर्ने, नेपालको पर्यटन प्रबद्र्धनमा सक्रियताका साथ अगुवाई र नेतृत्व गर्ने, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्ने, नेपालको सामाजिक, आर्थिक, रूपान्तरणका लागि आर्थिक, बौद्धिक र प्राविधिक लगानी जुटाउने आदि थुप्रै कार्यहरुमा उनको ठुलो योगदान रहदैं आएको छ ।