नेपाली क्रिकेट टोली ओडिआई मान्यता जोगाउन सफल भएको छ । आईसीसी विश्वकप लिग टू अन्तर्गत त्रिवि मैदानमा सम्पन्न आफ्नो ३४ औं खेलमा युएईलाई १७७ रनले हराएर नेपालले ओडिआई मान्यता कायम राखेको हो ।
नेपालले ३४ खेलबाट ३६ अंक जोड्दैै शिर्ष पाँचमा रहदैं अगामी चार वर्षका लागि ओडिआई जोगाउन सफल भएको छ । हाल नेपाल चौथौ स्थानमा रहेको छ । अब बाँकी रहेका दुई खेल जिते नेपाल विश्वकप छनौट खेल्न पाउनेछ । विश्वकप छनौट खेल्न शिर्ष तीनमा पुग्नुपर्छ । यो हारले युएईलाई मान्यता जोगाउन पनि कठिन भएको छ ।
जितका लागि २४९ रनको लक्ष्य पन्छाएको युएई २२ दशमलब ५ ओभरमा ७१ रनमा अलआउट भयो । उसका आयन खानले सर्वाधिक २९ रन बनाए ।
नेपालका लागि ललित राजवंशीले ५, सन्दीप लामिछानेले २, दीपेन्द्रसिंह ऐरीले एक, गुल्शन झाले एक, सोमपाल कामीले एक विकेट हात पारे ।
त्यासअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल ४९ दशमलब २ ओभरमा २४८ रनमा समेटियो ।
जसमा कप्तान रोहित पौडेलले ७७, आरिफ शेखले ४३, दीपेन्द्रसिंह ऐरीले ३४,भीम सार्कीले २९, कुशल मल्लले ९,कुशल भुर्तेलले ४ र सन्दीप लामिछानेले २ रनको योगदान गरे ।
२२ रनमा ३ विकेट गुमेको अवस्थामा धर्मराएको पारीलाई कप्तान रोहित,भीम र आरिफले सम्हालेका थिए ।
युएईका लागि आयन खान,जावर फरिद,जाहुर खान र रोहन मुस्तफाले दुई दुई विकेट लिए । नेपालको टोलीमा आज दुई परिवर्तन गरिएको छ । ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखि र गुल्सन झा र ललित राजवंशीलाई खेलाइएको थियो ।
Source : Neplays