अमेरिका
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली जनसम्पर्क समितिबारेमा अब नयाँ ढंगले सोच्नु पर्ने बताएका छन्।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य मधु आचार्यको पहलमा आइतवार भर्चुल मार्फत भएको ‘समसामयिक संवाद : श्रृंखला-१’ मा बोल्दै महामन्त्री थापाले कांग्रेसले अपेक्षा गरे अनुसार जनसम्पर्क समिति अगाडि जान नसकेकोमा चिन्ता व्यक्त गरे।
‘मलाई जनसम्पर्कका बारेमा मात्र छुट्टै कुरा गर्न मन छ, खास गरी हामीले जुन उदेश्यका साथ जनसम्पर्क समिति बनाएको हो। अब अहिले बहुसंख्यक जनसम्पर्क समितिहरु बीचमा समस्या छ।’ महामन्त्री थापाले भने।
नेपाली कांग्रेस पार्टीलाई थप ताकत मिल्छ, थप बल मिल्छ, थप सजिलो बनाउछ भन्ने आफुहरुको अपेक्षा रहेको तर त्यसो हुन नसकेको महामन्त्री थापाको भनाइ थियो। ‘काही न काही, केही न केही समस्या छ।’ महामन्त्री थापाले भने, ‘बर्षौ देखि अधिवेशन भएको छैन कतिपय ठाँउमा गैरनेपाली नागरिकले लिड गरेका छन्।’उनले भने, ‘नेपाली कांग्रेसले अपेक्षा गरेको जनसम्पर्क समिति यस्तो होइन अहिलेको समस्या त हल गरौला नै विस्तारै हात हाल्न थालेका छौ समाधान गर्छौ तर लङ्गरनमा कसरी चलाउने यसरी नै चलाउने हो त हाम्रो जनसम्पर्क समितिलाई कसरी अगाडि बढाउने के गर्ने भन्नेमा फरक ढंगले सोच्नु पर्ने छ। यसमा छुट्टै सन्दर्भमा छलफल गरौला ।’ थापाले राष्ट्रपतिको चुनाव पछि संसद नियमित चल्न थाले पछि नागरिकताको विधेयक तुरुन्त अगाडि बढ्ने बताए।
‘हिजो केही दल बिचमा असमति थियो त्यो पनि सबै बसेर छलफल हुन्छ, विधेयकमा सच्चाउने सुधार गर्ने ठाँउ पनि थियो, त्यो सच्याउनु पर्छ तर एनआरएनए नागरिकताका बारेमा विमति कसैको छैन।’
महामन्त्री थापाले एउटा नागरिकता प्रकणबाट केही अलमल देखिएको छ त्यसमा अलमलिनु नपर्ने बताए। ‘नागरिकता ऐन मात्र होइन गैरआवासीय ऐन पनि प्रस्तावित छ त्यसले पनि थप यसलाई प्रष्ट बनाएर जान्छ अलमल हुदैन्।’महामन्त्री थापाले अब छिट्टै नै भातृ संगठनले पूर्णता पाउने दावी गरे।महामन्त्री थापाले राष्ट्रपतिको निर्वाचनका लागि लिएर हाफुहरु सतर्क रहेको बताए।
‘राष्ट्रपतिको निर्वाचनमा चनाखो छौ आजै मात्र गठबन्धको बैठक बसेर पूर्ण बहादुर खड्काको संयोजकत्वमा समिति बनेको छ। हामी सातै प्रदेशमा खटिन्छौ कही कतै कुनै पनि खालको चलखेल नहोस।’
उनले आफ्ना उमेदवार रामचन्द्र पौडेलका संख्या सुरक्षित रहेको तर गोप्य मतदान भएकाले सचेत भने रहेको बताए।
कार्यक्रममा सहभागि अधिकांसले पार्टीको खस्कदो संगठनका बारेमा चिन्ता व्यक्त गरेका थिए। उनीहरुले नयाँ पार्टीले कांग्रेसको भोट घटाउने भन्दै त्यसबारेमा सचेत गराएका थिए।
समाज टाइम्स