राष्ट्रिय मिडियाहरुकाे बहस् , खबरदारी तथा सचेतना, युवाहरुकाे राजनीतिप्रतिकाे चासाे, चिन्ता र सहभागिता, मतदाताहरुमा राष्ट्रिय मिडिया तथा सामाजिक सञ्जालहरुले पारेकाे प्रभाव,अनि पुराना राजनीतिक दल र तिनीहरुका खास नेतृत्वले गरेकाे( राजनीतिक/ सामाजिक) कर्म/कुकर्म, अपराध, पाप र पाखण्डिपनले जनतामा गंभिर रुपले जागेकाे बितृष्णा,साथै,शिक्षित,सबल, सक्षम,भिजनरि, ईमानदार र कर्तब्यनिष्ठ युवाहरुकाे सशक्त हस्तक्षेप सहितकाे उम्मेदवारी याे निर्वाचन २०७९ का खास बिशेषताहरु हुन्।
यी बिशेषताहरुले अबकाे नेपालकाे राजनीतिमा एउटा नयाँ अध्यायकाे थालनि गर्ने छन्।
राजनीति र नेताहरु बाध्य भएर सुध्रिने छन्।
यिनीहरुले यदि याे समय, परिस्थिति र परिवेश अझै बुझेनन् भने आफै सिद्धिने छन् साथै पार्टीलाई पनि क्षयिकरणकाे बाटाेमा लिएर जाने छन्।
राजनीतिमा हामीले जे गरेपनि हुन्छ भन्ने मानसिकता बाेकेका नेताहरु, राजनीतिक दर्शन र सिद्धान्तबाट बिचलित हुँदै जाँदा नैतिकता, मर्यादा र मानवीयताबाट पनि च्युत भएका छन्।
हिँजाे आफूसँगै हिँडेका, सँगै पार्टी र सरकार चलाएका आफ्ना सहकर्मी साथीहरुप्रति यिनीहरुले गरेकाे टिप्पणि, घाेचपेच तथा निम्न स्तरकाे गाली बेइज्यतिले यिनीहरुले आफ्नै कद यति सम्म घटाए कि यिनिहरुलाई संझदा पनि घृणाले अनुहार बिग्रन्छ।
जनताहरु साक्षर, शिक्षित बिद्वान र चेतनशिल भईसकेकाे यिनीहरुले स्वीकार्न सक्दैनन् , यिनीहरुले जनतालाई आफूले गरेकाे कर्म र कुकर्मकाे भेद छुट्याउन नसक्ने संझिए, अझ भनाै आफ्ना दास र पहिले जस्तै पैसा र मासु चिउरामा बिक्ने साधन संझिरहेका छन्।त्यसैले यश पटक जनताले हामी तिमीहरुका झाेले हैनौँ र हामी तिम्रा रक्सि, मासु र पैसामा बिक्दैनौँ भनेर देखाइदिनु पर्ने छ। त्यसाे भएन भने पटक पटक एउटै कर्म गरेर पटक पटक फरक फल खाेज्ने पटमुर्ख हुने छन् जनता, समय निकै अघि बढीसकेकाे छ अब जनताले पनि आफ्नाे चेतनाकाे स्तर बढेकाे देखाउनु पर्ने भएकाे छ।
सुँगुरले स्वर्ग देख्दैन भनेजस्ताे यिनीहरुले आफ्नाे चेतना र स्तर भन्दा माथी जनतालाई कहिल्यै देखेनन्।
यिनीहरु बिस्तारै नाङ्गिदै गए, एक्लिदै गए, पतनकाे बाटाेमा निरन्तर हिँडिरहे फलस्वरुप एक्लै जनताकाे बीचमा जाने हिम्मतै भएन, अब आफ्नाे अस्तित्व नरहने निश्चित भएपछि आ-आफ्नाे दर्शन, सिद्धान्त, निति, बिचार र कार्यदिशा सबै त्यागेर 'गठबन्धन'काे नाम दिएर ठगबन्धन बनाए।
त्यसकाे खास प्रयाेजन तथा हेतु भनेकै मिलेर शक्ति आर्जन गर्ने, मिलेर संसद हुँदै सरकार बनाउने र मिलेर भ्रष्टाचार गर्ने , राज्य दाेहन गर्ने। किनकि एउटा यथास्थितिबादी र अर्काे प्रतिगमनबादी 'ठगबन्धन' जाे यिनीहरुले बनाएका छन् त्यसले सरकार पनि यसरी नै बन्ने हाे, अनि यिनीहरुले भ्रष्टाचारी हरुलाई खाेज्छन् त ?
त्यसैले देश बदल्ने हाे,सु संस्कृत राजनीति स्थापना मार्फत समृद्ध नेपाल बनाउने हाे भने याे पटक जनताले भ्रष्टाचारकाे दाग नलागेका, शिक्षित, नैतिकवान, राजनितीलाई पेशा नबनाएका, एक्काइसौँ शताब्दिकाे बिज्ञान र प्रबिधि बुझेका, नाताबाद र कृपाबादबाट माथी उठेका, सक्षम र भिजनरी युवा उम्मेद्वार हरुलाई खाेजि खाेजि जिताउनु पर्ने छ, चाहे जुनसुकै दलका हुन् ।
याे २०८९ सालकाे निर्वाचनले नेपाली राजनीतिमा एउटा नयाँ अध्यायकाे सुरुवात गराेस्।
नेपाल र नेपालीकाे अपेक्षा अनुरुपकाे विकास र संबृद्धिकाे सपना पूरा गर्न सक्ने सक्षम सरकार बन्ने जनमत प्राप्त हाेस् ।
जय देश।
यज्ञ मूर्ति पोखरेल
हाल :दक्षिण कोरिया