यही अगष्ट २६ देखी २८ सम्म थाइल्याण्डमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए) को एशिया क्षेत्रीय ९औं बैठक तथा दोस्रो विज्ञ सम्मेलनको पूर्व तयारी ,उद्देश्य र गतिविधि बारेमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद एशिया प्यासिफिक क्षेत्रिय संयोजक र यो सम्मेलनका पनि संयोजक पारसमणि पोखरेल संग नयदैनिकीले विशेष कुराकानी गरेका छौं।
एशिया प्यासिफिक क्षेत्रिय सम्मेलन तयारी के कस्तो हुंदैछ?
हामी कार्यक्रम सफल बनाउन पनि हामी खटिरहेका छौं र यहिअगस्त देखि २८ सम्म होटल मिलिनियम होटलमा कार्यक्रम सम्पन्न गर्नेछौं यसको आवश्यक तयारी लगभग पूरा भइसकेको छ।
एशिया प्यासिफिक सम्मेलनमा कस्ले, कसरी भाग लिन सकिन्छ?
कुनै पनि राष्ट्रियता बोकेका एनआरएनहरुले यस कार्यक्रममा भाग लिन सक्छन् त्यसको लागि हामीले फर्म खोलेका छन् त्यो भर्नुपर्ने हुन्छ त्यस्तै दर्ता शुल्क को लागि $२०० तोकेका छौं। २०० डलरमा तीन दिनसम्म होटल ब्रेकफास्ट , लन्च र डिनर र थाइल्याण्डको साइड सिन मठमन्दिरको घुमाउने छौं।
क्षेत्रिय सम्मेलन गर्नुको कारण उद्देश्य र प्रभावकारिता
गैरआवासीय नेपाली संघको छवटा क्षेत्र छन् तीमध्ये एशिया प्रशान्त क्षेत्रपनि एक हो। विभिन्न क्षेत्रमा फरक फरक समयहरुमा यस्ता सम्मेलन गरिरहेका हुन्छन् तर हामीले एसिया-प्रशान्त क्षेत्रले दशौं महाधिवेशनपछि अरु क्षेत्रभन्दा पहिलोचोटी र यसको उद्देश्य हामीले 'मिलाप टुगेदर वि स्ट्यान्ड' राखेका छौं। अहिले गैरआवासीय नेपाली संघमा भएको आन्तरिक समस्यालाई निराकरण गर्नको निमित्त नेपालमा पर्यटन प्रवर्द्धनको लागि हामीले यो सम्मेलन तयार गरेका छौ। त्यस्तै
एसिया-प्रशान्तमा १३ वटा गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद छ ती देशको नेपालीहरूको अवस्था त्यस्तै सीप ज्ञान लगानी नेपालमा कसरी भित्राउन सकिन्छ , श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउन, बिदेशमा बस्ने नेपालीहरुलाई मताधिकार सुनिश्चितताको लागि गर्नुपर्ने विधाहरूमा हामीले नेपालबाट श्रममन्त्री, पूर्वमन्त्री, सरोकारवाला निकायका विज्ञहरुलाई आमन्त्रित गरेका छौं।हाम्रो एनआरएनएको माग नागरीकता
प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट गैरआवासीय नेपाली नागरिकता विधेयक पारित भइसकेको छ अब भने नेपालमा जन्मेका तर सार्क मुलुकभन्दा बाहिर गएका दोस्रो देशभर नागरिकता लिनुभएका व्यक्तिहरूले राजनीतिक अधिकारबाहेक अरु सबै अधिकार पाउनेभएका छन् यसका लागि नेपाल सरकारलाई पनि धन्यबाद दिन चाहन्छु।
को को व्यक्तित्वहरू सम्मेलनमा आउँदै हुनुहुन्छ?
श्रममन्त्री शेरबहादुर कुँवर, , काँग्रेस संसद तथा पूर्व मन्त्री गगन थापा, एमाले सांसद डा सूर्य पाठक, नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधि, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू जीवा लामिछाने, भवन भट्ट, व्यवसायी राजेन्द्र खेतान लगायत आउँदै हुनुहुन्छ।
त्यस्तै कार्यकम मनोरञ्जनको लागि स्थानीय कलाकारका अतिरिक्त, नेपालका चर्चित गायक कुमार पुन, कलाकार सन्दिप क्षेत्री, सुमन कोइराला, भरतमणी पौडेल, श्याम सितललगायतको प्रस्तुत रहनेछ ।
सम्मेलनमा युवा र महिला सहभागिता कस्तो रहन्छ?
युवा महिलाहरूको सहभागिता एनआरएनमा न्युन छ त्यसो त यूवाहरु रोजगारी, अध्ययन र आफ्नो भविष्य सुनिश्चितताको लागि आफ्नो काममा केन्द्रित भएको हुन्छन् त्यसले गर्दछ भन्दा कम भइरहेको छ हामीले युवा महिला सहभागिताको युवा महिला मैत्री कार्यक्रम गर्नुपर्ने देखिएको छ। यसको लागि हामीले यूवाको सेशन र महिलाको सेशन विषयमा कार्यक्रम राखेका छौं जसअन्तर्गत एशिया क्षेत्र रहनुभएका युवा, महिलाहरूको समस्या र समाधान र उहाँहरुको सिप ,ज्ञान योगदान विषयमा पनि बहस हुनेछ।
गैरआवासीय नेपाली सङ्घमा राजनीतिक दलको हावी भन्ने छ नि यसले गर्दा एनआरएनप्रतिको हेर्ने दृष्टिकोणमा के फरक पाउनु भएको छ?
गैरआवसीय नेपाली संघका दुईवटा तत्वले चुनौती थपिएको छ यो एउटा विशुद्ध सामाजिक संस्था एनआरएनए पञ्जिकृत सदस्यहरूको आ-आफ्नो वैचारिक , सैद्धान्तिक विचारहरू हुन सक्छन् उहाँहरुको नैसर्गिक अधिकार पनि हो तर गैरआवासीय नेपाली सङ्घ अध्यक्ष वा अन्य पदमा मलाई बनाइदिनु पर्यो पनेर नेताहरूलाई गुहार्न जानु गलत हो। अझै भन्नौ कुनैपनि पार्टीको सभापति ,अध्यक्षहरुले यो व्यक्तिलाई अध्यक्ष बनाउनु पर्यो भनेर पार्टीबाट चिठी नै पठाउने जस्ता गतिविधिहरु रोकिनुपर्छ र पूर्णरूपमा सामाजिक संस्थाको रुपमा चरितार्थ गर्नुपर्छ त्यस्तै अनलाइन भोटिङ सिस्टमबाट आगामी दिनमा निर्वाचन गराउनुपर्छ त्यसको लागि हामीले सिस्टम पनि विकास गरिसकेका छौं त्यसो गर्दा आर्थिक चलखेल रोकिन्छ भौतिक दुख पाउनु पर्दैन र सबल, सफल र सुदृढ नेतृत्व एनआरएनएले पाउँछ।
नेपालमा डलरको कमी छ र आर्थिकमन्दी हुँदै छ यसको लागि एनआरएन ले के गर्दै छ।
गैरआवासीय नेपाली संघ स्थापनाकालदेखि नै नेपालमा लगानी भित्राउने र समृद्ध नेपालको परिकल्पनाको बारेमा अग्रणी भूमिका खेलेको छ। विदेशमा बसेका गैर आवसीय नेपालीले नेपालमा लगानी गर्ने वातावरण सृजना गर्न ,विदेशमा रहेका नेपालीहरुले डलर एकाउन्ट खोलेर मोबाइल बाट पैसा नेपाल ट्रान्सफर नहुने भएको हुँदा सम्वन्धित देशको बैंक संग सम्झौता अथवा सहकार्य र समन्वय गर्न बैंकर्स् हरुलाई आग्रह गरेका छौं र छिटो भन्दा छिटो गैरआवासीय नेपालीको हकमा नेपाली सरह लगानी गर्ने वातावरण भयो भने गैरआवासीय नेपाली सङ्घको पहिला देखिकै दश अर्बको योजना मात्र नभई पचासौं अर्ब लगानी गर्नसक्ने छ। त्यसको लागि नेपाल सरकारले नीति र कानुनी व्यवस्था गर्न सक्यो भने नेपालमा विदेशबाट लगानीको साथसाथै रेमिट्यान्स पनि भित्रिने छ।
अन्त्यमा,
थाइल्याण्डमा हुन गहिरहेको मिलाप सम्मेलनलाई भव्य सभ्य बनाउन गैर आवासीय नेपालीहरुलाई सम्मेलनमा भाग लिन हार्दिक अनुरोध गर्दछु।