जब बुद्धले आनन्दलाई वेश्यालय पठाए

४ आश्विन २०७७, आईतवार ०९:२८ ४ आश्विन २०७७, आईतवार ०९:२८ ४ आश्विन २०७७, आईतवार ०९:२८

बुद्धका चेलाहरुको लागि वर्षाकालामा पालना गर्नुपर्ने एउटा नियम बनाइएको थियो । कसैको घरमा भिक्षुहरु ३ दिन भन्दा बढी बस्न पाइदैन्थ्यो । आश्रायदातालाई गार्हो नहोस भनेर बुद्ध आफैले यस्तो नियम बनाएको थिए ।
प्राय: बुद्ध र भुक्षुहरु गरीब को घरमा आश्राय लिने गर्दथे ।
एकदिन बस्नको लागी घर खोज्दै गर्दा भुक्षु आनन्दलाई एकजना वेश्याले आफ्नो घरमा आउन निमन्त्रणा गरिन । अत्यन्तै सुन्दर ती तरुणीलाई जवाफ दिदै आनन्दले भने- “मलाई पनि तिम्रो घरमा बस्न मन छ तर मैले बुद्धलाई यो विषयमा सोध्नु पर्छ” ।
आनन्दको यस्तो जवाफ सुनेर ति न ले सोधिन- “के हरेक कुरा बुद्धलाई सोधेर मात्रै गर्नु पर्छ हो ?
आनन्दले भने- “पर्दैन, तर मलाई लाग्छ बुद्धले यो कुरा मान्नु हुन्छ”।
अनि ती वेश्याले आनन्दलाई भनिन – “सोध्नोस न त बुद्धलाई ?”
भिक्षु आनन्द बुद्धको नजिक गएर सोध्छन -“बुद्ध, मलाई एकजना महिलाले उनको घरमा ३ दिन बस्न निमन्त्रणा दिएकी छिन, तर ति महिला वेश्या हुन!”
अनी बुद्धले भिक्षु आनन्दलाई भने -“यदी तीनले अत्यन्तै प्रेमभावले तिमीलाई बोलाएको हो भने उनको निमन्त्रणा अस्विकार गर्नु हुँदैन, जाँउ गएर बस ।”
तर बुद्धको यस्तो जवाफ सुनेर अन्न्य भिक्षुहरु मुखा-मुख गर्न थाले, उनिहरु मध्धे एकजनाले बुद्धलाई सोधे -“जानी-जानी वेश्याको घरमा गएर बस्नु त हामी भिक्षुहरुको आचार संहिता विपरीत भएन र ?”
बुद्धले भने – “धैर्य होउ, ३ दिनमा सबै कुरा थाहा हुन्छ ।”
भिक्षुहरु चुप लागे ।
भिक्षु आनन्द ति वेश्याको घरमा गएर ३ दिन बसे, तर अरु भिक्षुहरुले आनन्दले के गर्छन भनेर निगरानी गर्न लागे, अनि बुद्ध समक्ष हरेक दिन के-के भयो जानकारी गराउथे ।
पहिलो दिन – आनन्द र महिलाले गीत गाएको सुने ।
भिक्षुहरु भन्ने लागे – अब आनन्दले बाटो बिगारे ।
दोस्रो दिन – दुबै जना नाचेको देखे ।
भिक्षुहरु भन्ने लागे – अब गए आनन्द, यस्तो पाराले नि हुन्छ त!
तेस्रो दिन – दुबै जना गीत गाउदै नाचेको देखे ।
भिक्षुहरु सोच्न लागे – अब जिवनको बाँकी यात्रामा आनन्दलाई देख्ने छैन, विचरा आनन्द गए अब ।
अब तीन दिन बितिसकेको थियो, सबै जना भिक्षुहरु नयाँ ठाँउको यात्राको लागी भेला भैसकेका थिए, अब सबैजना आनन्दको प्रतिक्षामा थिए ।
केहि भिक्षुहरुले सोचेका थिए कि अब आनन्द भर्किदैनन ।
तर अचम्मको कुरा भिक्षु आनन्द सँग एक जना नयाँ सदस्य पनि आईन ।
एक भिक्षुनी ।
बुद्ध बाहेक सबैले टाउको कन्याउन लागे । अनि बुद्धले भने – “यदी तिमीले के गर्दैछु भन्ने कुराको ज्ञान वा वोध छ भने तिमीलाई केहि कुराले पनि भ्रष्ट पार्न सक्दैन । बरु उल्टो भ्रष्टलाई नै तिमीले रुपान्तरण गर्न सक्छौ ।”
अन्तत: बुद्धले ती महिलालाई जिवनको नयाँ यात्रामा स्वागत गरे ।
हेर्नोस, आजको समयमा हामी धेरै शंकालु भएका छौ । तर यदी हाम्रो ईच्छा शक्ती दरिलो छ भने संसारको केहि कुराले पनि हामिलाई विचलित पार्न सक्दैन । आखिर, हामी सबै यो संसारमा एक-अर्का लाई सहयोग गर्न आएका है नौ र ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *