त्यो एक घटना जब बुद्धले क्षमा दिएनन्

३ आश्विन २०७७, शनिबार १३:२१ ३ आश्विन २०७७, शनिबार १३:२१ ३ आश्विन २०७७, शनिबार १३:२१

बुद्ध सभामा थिए, अचानक एक जना मानिस रिसाउदै बुद्ध नजिक आए ।
उसलाई लागेको थियो कि बुद्धको कुनै काम छैन, भिड जम्मा गर्‍यो, आँखा चिम्लियो, बस्यो ।
यसरी बेकाम बस्नु भन्दा त केहि काम गरेको भए ह्न्थ्यो नि भनेर बुद्ध सँग क्रोधित बनेको थियो ।
अब यस बुद्धलाई पाठ सिकाउछु भनेर रिसाउदै बुद्ध नजिक आयो ।
तर जब बुद्धको नजिकै आएको थियो, उसको मनको विचार हराउदै गयो तर रिस अझै बाँकी थियो । अनि उसले बुद्ध अनुहारमा थुकेर गयो, तर बुद्ध हाँसी मात्रै रहे ।
बुद्धका चेलाहरु निकै रिसाए, तर बुद्धले चेलाहरुलाई शान्तसँग बस्न आग्रह गरे ।
बुद्धसँग यस्तो व्यव हार गरेको चेलाहरुलाई मन परेको थिएन ।
त्यो मानिस घर गएर सोच्न थाल्यो कि मैले अनुहारमा थुक्दा पनि किन बुद्ध हाँसी मात्रै रहे ।
उसले बुद्धको हँसिलो अनुहार बिर्सनै सकेन । किनकि, जिवनमा पहिलो पटका उसले रिसको जवाफमा हाँसो पाएको थियो । उ रातभर सुत्न सकेन ।
उसको शरीरमा अनेक किसिमका रुपान्तरण हुन थाल्यो । उसको शरीर काँपिरहेको थियो । उसलाई आफ्नो संसार नै ढले जस्तो महसुस भयो ।
अर्को दिन उठ्ने बित्तिकै बुद्ध भएको ठाँउ गयो । बुद्धको पाँउमा पर्दै भन्यो-“मलाई क्षमा गर्नोस, मैले हिजो के गरे मलाई नै थाह छैन”
तर बुद्धले भने- “म तिमीलाई क्षमा गर्न सक्दिन” ।
आश्रममा भएका सबै जना बुद्धका कुरा सुनेर चकित भए । किनकी बुद्ध द यालु थिए र सबैलाई क्षमा दिन्थे तर आज किन यस्तो भनेको होला भनेर सोच्न थाले ।
बुद्धले वरिपरी हेरे- सबै छक्क परेको देखेपछी बुद्धले उसलाई सोधे- “किन तिमीलाई मैले क्षमा दिनु, जब कि तिमीले कुनै गल्ती नै गरेका छैनौ ।
त्यो मानिसले भन्यो- “हिजो रिसाँउदै सभामा आएर थुक्ने म नै हो, यती छिटै बिर्सनुभयो र!”
बुद्धले भने- “त्यो मान्छे थाह छैन । यदी हिजोको मान्छे आएको भए म उसलाई क्षमा दिनु भन्थे । आज आएको मानिस त अच्म्मको छ, रिसाएको पनि छैन ।”
तर हेर्नोस, हामी जिवनमा वास्तबिक क्षमाको बारेमा किन बुझ्दैनौ ?
क्षमा त त्यसलाई भनिन्छ जब उक्त व्यक्तिले थाहा नपाउदै तपाइले क्षमा दिइसक्नु हुन्छ । उसलाई आफ्नो दोषको बारेमा पनि महसुस हुन नपावस । यसैलाई वास्तबिक क्षमा भनिन्छ ।
यदी तिमीले कसैलाई क्षमा दियौ तर आफ्नो दोषको बारेमा प्रायस्चित गरिरहने बनायौ भने त्यो कुनै क्षमा हुँदैन । दोष आफैमा पर्याप्त सजाय हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *