कोरियन राजदुतद्वारा परिवार दलका अध्यक्ष ढकाल संग भेट

प्रकाशित मिति: १४ श्रावण २०७७, बुधबार १८:२४

२ साउन, काठमाडौं । प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका महामहिम राजदुत जो योङ्ग मान ले नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकाल संग मैत्रीपुर्ण भेट गर्नु भयको छ। अध्यक्ष ढकालको सचिवालयमा भयको भेटमा आपसी हित र मित्रताको बारेमा कुराकानी भयको परिवार दलका प्रबक्ता सन्तोष पौडेलले बताय। कोरियन राजदुत जो योङ्ग मान ले कोरियाका सर्बोच्च नेता किम जोङ्ग उनको नेतृत्वमा आफ्नो देशले कोभिड-१९ को नियन्त्रणमा पूर्ण सफलता हासिल गरेको जानकारी दिदै कोरियाली जनता र सरकार सधै नेपालको भलो चिताउने बताय।पूर्व मन्त्रि ढकालले आफ्नो पार्टी सधै कोरियाली प्रायद्दिपमा शान्ति र स्थायित्वको पक्षमा रहेको बताउदै विभाजित कोरियाको यथासिघ्र शान्तिपूर्ण पुनर्मिलनको कामना गर्नु भयो।

तपाईंको प्रतिकृयाहरू