पशुपति क्षेत्र बिकास कोशको नयाँ गुरु योजना स्थानिय नेवाः समुदाय लगायेत पशुपती मन्दिरको ब्यबस्थापनमा पर्ने प्रभाव बारे छलफल सम्पन्न : गुरु योजना बर्खास्तगी तथा कोश खारेजिको माग तथा आन्दोलकालागि एक्यवद्धताको आग्रह

प्रकाशित मिति: ९ श्रावण २०७७, शुक्रबार ०९:०८

मिरा राज भण्डारी अमात्य

पशुपति क्षेत्र बिकास कोशको नयाँ गुरु योजना स्थानिये समुदाये लगायेत् पशुपती मन्दिरको ब्यबस्थापनामा पर्ने प्रभाव बारे छलफल हालै सम्पन्न ्भयेको छ । स्थानिये समुदायेका अधिकारवाला तथा सरोकारवालाहरुले प्रस्तावित गुरु योजनाको बर्खास्त मात्र नभै पशुपति विकाश कोष समेत खारेज गरिनु पर्ने बिचार ब्यक्त गरेका छन् । गुरु योजना बर्खास्तगी तथा कोष खारेजिकालागी नेवा लगायेत हिन्दु तथा बौद्ध तथा जैन धर्ममा आस्था संग संवद्ध सबैलाइ आन्दोलनमा सहभागी भई एक्यवद्धता जनाउन आग्रह समेत अभियन्ताहरुले गरेका छन ।

विगत लामो समय देखि विवादमा रहेको पसुपति क्षेत्र विकास कोषको नयाँ गुरु योजना र यसले पशुपति मन्दीरको व्यवस्थापन र त्यस क्षेत्रका सवै मठमन्दीर तथा त्यस संग जोडिएका धार्मिक एतिहासिक जात्रा पर्व तथा सो चलाउनका लागि आवश्यक मानव संसाधन र तिनीहरुका वस्ती तथा भुमी माथि हुने नकारात्मक असर तथा सो रोक्न का लागि संविधान तथा कानूनी व्यवस्था तथा अन्र्तराष्ट्रिय प्रावधानहरु के कस्ता छन् सो वारे बृहत छलफल गरिएको थियो । जुम प्रविधिमार्फत सम्पन्न सो कार्यक्रममा प्रमुख वक्ता एवं युवा नेता श्री जलद वैद्य, पशुपति सेवक संघका अध्यक्ष श्री केदार मान भण्डारी, नेवा दे दबुका पुर्व महासचिव पवित्र बज्राचार्य, कानूनविद एवं आदिवासी जनजाति वकिलहरुको समुह (लार्हुनिप) का सचिव श्री शंकर लिम्बु तथा अधिवक्ता श्री जितेन्द्र बज्रचार्य लगायत कार्यत्रमका अध्यक्ष तथा विश्व नेवा संगठन (डव्लु एनओ) नेपालका अध्यक्ष श्री सुरेन्द्र मान शाक्य ज्युको उपस्थति रहेको थियो ।

पशुपति क्षेत्रको सवै साँस्कृतिक धार्मिक जात्रा पर्व तथा पशुपति मन्दीर भित्रको व्यवस्थापनसंग प्रत्यक्ष जोडिएका नौ मुले नेवारहरु राजोपाध्याय (द्यो भाजु ), राजभण्डारी, कर्माचायर्, राज बैद्य, मानन्धर, संगत, डंगोल, कपाली, खड्गी द्योला लगायतका नौ मुले नेवाः लगायतका तीन हजार घर भत्काइने गरी ल्याइएको प्रश्तावित सो गुरु योजना बर्खास्त गर्नुका साथै पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रको धार्मिक एतिहासिक तथा साँस्कृतिक महत्वका मठ मन्दीर सवैका महत्वहरु नष्ट हुने गरी पटकपटक गुरु योजना लगायतका नीतिहरु ल्याउने काम निरन्तर गरी रहेकोले अव पशुपतिक्षेत्र विकास कोष खारेजी हुनु पर्ने माग समेत स्थानीय अधिकार वाला तथा सरोकार वालाहरुको माग रहदै आएकोे सो छलफलमा वक्ता जलद वैद्य तथा केदार मान भण्डारीले वताउनु भयो । स्मरण रहोस काठमाडौका सवै जात्रा पर्वको शुरुवात पशुुपति क्षेत्र बाट हुने हुंदा यदि पशुपति क्षेत्रको सम्पदा र यहांको वस्ती विस्थापित गरिएमा उपत्यका लगायतका सवै जात्रा पर्व लोप हुने अवस्था रहन्छ ।

स्थानीय सरोकार वाला तथा अधिकारवाला संग कूनै छलफल तथा बहसै नगरी गैर न्यायिक ढंगबाट ल्याइएको सो गुरु योजना बर्खास्त गर्न कानूनी उपचारका लागि सर्वोच्च अदालत तथा अन्र्तरराष्ट्रिय श्रम संगठन ( आइएल ओ) लगायतका अन्र्तराष्ट्रिय अदालत सम्म जान सकिने संवैधानिक तथा कानूनी व्यवस्था रहेको कानूनविद श्री शंकर लिम्बु तथा जितेन्द्र बज्राचार्यले बताउनु भयो । स्थानीय निकायले यदि यो मुद्धालाई आफनो मुद्धा नसम्झने हो र यस नीतिका विरुद्धमा नजाने हो भने भोलीका दिनमा नेपालका सवै समुदायका साँस्कृतिक सम्पदा र त्यो संग जोडिएका अधिकारवालाहरुका व्यवस्थापकीय अधिकार तथा भुमी तथा आवास लगायतका अधिकारबाट बंचितिकरणमा पर्ने हुंदा स्थानीय निकाय तथा संघिय सरकारलाई पशुपतिको गुरु योजना विरुद्ध जान आग्रह समेत नेवा दे दवुका पुर्व महासचिव तथा युवा नेता श्री पवित्र वज्राचार्यले बताउनु भयो ।

अन्तमा कार्यक्रमका अध्यक्ष श्री सुरेन्द्र मान शाक्यज्युले नेवा लगायतको नेपाली सभ्यताको धार्मीक ,साँस्कृतिक तथा एतिहासिक महत्व बोकेको सनातन हिन्दु तथा बौद्ध धर्मावम्बी समेतको आस्थाको धरोहर पशुपति मन्दीर क्षेत्रको मौलिकता तथा त्यहां रहेका नौ मुले नेवार लगायतको साँस्कतिक अधिकारको रक्षा गर्न नेपालका आदिवासी जनजाति लगायतको सवै समुदाय तथा वर्गका नेपाली संघ संस्था तथा नागरीकहरुलाई आह्वान गर्नु भयो । साथै विश्वभर छरिएर रहेका नेवा संघ संस्था अन्य आदिवासी जनजाति लगायत का सनातन हिन्दु तथा बौद्ध धर्मावम्बी मातहत आस्था राख्ने संघ संस्था तथा सम्पुर्ण नागरीकहरुलाई नेपालको मौलिक संस्कृति तथा परम्पराबाट चलेको श्री पशुपति नाथको क्षेत्र तथा यहाँका वस्ती तथा अन्य धार्मीक साँस्कृतिक सम्पदा जोगाउन आआफना क्षेत्रबाट अभियान चलाउन समेत आग्रह गर्नु भयो । साथै अव स्थानीय जनता चुप लागेर नवस्ने र छिट्टै सो गुरु योजना बर्खास्तका लागि विभिन्न चरणमा आन्दोलन गर्ने र सोका लागि नेपाल भरका हिन्दुसनातन हिन्दु तथा बौद्ध धर्मावम्बी मातहतका सवै नागरीक तथा संघ संस्थालाई एक्यबद्धता जनाइ आन्दोलनमा सहभागिताका लागि आन्दोलनका अगुवा तथा अधिकारकर्मी श्री जलम वैद्य तथा श्री केदार मान भण्डारीले आग्रह गर्नु भयो । हाम्रो थात थलो विस्थापित गरी श्री पशुपति नाथको सनातनि मौलिक हिन्दु तथा बौद्ध धर्म र जैन लगायतका आस्था माथि पशुपति विकास कोषले निरन्तर पटक पटक नियतवस नया प्रस्तावित गुरु योजना अनुमोदनका लागि संसद सम्म पु¥याई सकिएको छ, कृपया हामी .लाई साथ दिनुहोला अभियन्ता जलद बैद्यले निकै भावुक हुंदै आग्रह गर्नु भयो । नेपालको राष्ट्रियता र पहिचानसंग नेपालका हरेक संम्पदा र संस्कृति जोडिएको हुंदा पसुपति क्षेत्रको एतिहासिक धार्मिक सम्पदा जोगाएमा मात्र समग्र नेपालको पहिचान जोगने बताउनु हुन्छ अधिवक्ता श्री जितेन्द्र बज्राचार्य ।

तपाईंको प्रतिकृयाहरू