पहिलो पटक अनेसास केन्द्रमा पुग्यो कोरिया, सदस्यको लागि च्याप्टर अध्यक्ष डा. प्रमोद सारंग निर्वाचित

प्रकाशित मिति: ६ श्रावण २०७७, मंगलवार १५:२१

विनोद परिवर्तित २१ जुलाई/सौल अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को हालै सम्पन्न निर्वाचनबाट कोरिया च्याप्टर इतिहासमै पहिलो पटक केन्द्रमा पुगेको छ । केन्द्रीय कार्यसमिति सदस्यको लागि उम्मेदवारी दिएका च्याप्टर अध्यक्ष डा. प्रमोद सारंग ५ सय ८८ मतका साथ निर्वाचित भएका हुन् । वि.सं. २०५५ सालमा कविता लेखनमार्फत नेपाली साहित्यमा प्रवेश गरेका डा. सारंगले हालसम्म आइपुग्दा कवि, हाइकुकार, गीतकार र सङ्गीतकारको समेत छवि स्थापित गरिसकेका छन् ।

वि. सं. २०६९ सालमा कोरिया च्याप्टरको स्थापना गर्ने क्रममा संस्थापकको रूपमा अहम् भूमिका खेलेका उनी वि. स. २०७२ मा उपाध्यक्ष, २०७३ मा महासचिव र २०७५ सालमा अध्यक्ष पदमा निर्वाचित भई साहित्यमा निरन्तर सक्रिय छन् । अनलाइन भोटिङ प्रणालीद्वारा गत जुलाई १७ देखि १९ तारिखसम्म सम्पन्न मतदानबाट वरिष्ठ उपाध्यक्षमा अमेरिकाबाट गोवर्धन पूजा, महासचिवमा अमेरिकाबाटै सर्वज्ञ वाग्ले र सचिवमा अमेरिकाबाटै बिमला निरौला अत्याधिक मतका साथ विजयी भएका छन् । त्यसै गरी सदस्यहरूमा कोरिया अध्यक्ष सारंगका साथ जापानबाट दीप पाठक, नेपालबाट रेणुका सोलू तथा अमेरिकाबाटै तारा अधिकारी र नीजानन्द मल्ल निर्वाचित भएका छन् । अध्यक्षमा जापानबाट प्रकाश पौडेल माइला, क्षेत्रीय उपाध्यक्षहरूमा राजेन्द्र श्रेष्ठ, बाबा बस्नेत, सुनिल सङ्गम, राजेश बुढाथोकी र कोषाध्यक्षमा कृष्ण गिरि निर्विरोध निर्वाचित भएका थिए ।https://youtu.be/31XH1x1mbns

तपाईंको प्रतिकृयाहरू