हे बलभद्र कुँवर र जंगबहादुर राणाका सन्ततिहरू कुलदेवी विश्वरुपा भगवतीको रक्षा गर्नुस्

प्रकाशित मिति: ३ श्रावण २०७७, शनिबार १३:५३

हे बलभद्र कुँवर र जंगबहादुर राणाका सन्ततिहरूआफ्नो कुल देवी विश्वरुपा भगवतीको रक्षा गर्नुस्

धेरै दिन बाट मैले विश्वरुपा भगवती ( विश्व रुप बिष्णु, महादेव पनि भन्ने गरेको पाइएको) को यो लगभग भग्नावशेष फोटो सामाजिक सन्जालमा पोस्ट निरन्तर हुँदै आएको पढ्ने र हेर्ने गर्दै आएको छु ।
कसले के प्रतिकृया दिन्छ त्यो पनि हेरी रहेछु । पशुपती बिकास क्षेत्र स्थापना कालपछि पशुपति मन्दिरको लाखौं रोपनी जग्गाको झुट्टा मोही खडा गरेर ज्यापुले कमाइ रहेका जग्गा समेत जपथ गरेर धेरै गैर ज्यापु धनी भईसके । काठमाडौंमा अलिसान बङला, छोरा छोरी डाक्टर इन्जनियर बनिसके सात पुस्तालाई पुग्ने अकुत सम्पत्ती जोडेका उनी हरुका ताम्रपत्र, थ्यासफु र शिलापत्रमा लेखे झै शिवश्व: खाएकै कारण वंश बिनास सम्मका दुर्घटना भैसकेको कथा थुप्रैको छ । पशुपती बिकासकोषले पशुपति मन्दिरको सर्बस्व सम्पत्तीको हिनामिना के कती गर्‍यो पुरातत्व विभाग र गुठी संस्थानमा अभिलेख बाँकी नै छ वा बेपत्ता पारी सके त्यो खोजी गर्ने काम म खोज पत्रकारिता केन्द्रलाई जिम्मा लाउछु ।
तर पशुपती मन्दिरको जग्गा मात्र हडप्ने हो वा त्यो मन्दिर वरीपरीको मन्दिरहरुको स्याहार सम्भार र संरक्षण सम्वर्द्धन पनि गर्ने हो ? यदि नेवा सभ्यताले बनाइ दिएको यो मन्दिर, कोष निकम्मा भएकै हो र पुनर्निर्माण गर्न नसक्ने हो भने कोष पूर्णरुपमा अब नेवा समुदायलाई जिम्मा दिने हो , नदिने हो भने खोसेर कसरी लिने हो नेवा दे: दबु, ज्यापु महा: गुठी लगायतले गर्ला आशा गरौ ।विश्व सम्पदा सुचीमा रहेको पशुपती मन्दिर परिसरको यो विश्व रुपाको मन्दिर आज भन्दा २२ बर्ष २०५५ साल जेठ महिनामा पनि उपेछित रहेकै कारण दिक्क लागेर यो खोजी पत्रकारिता गरेथे । शारथी साप्ताहिकमा तत्कालिन सम्पादक श्री युबरज गौतम र मेरा श्रद्धय गुरु श्री राम सिंह बस्नेत सहितको टिमले यो रिपोर्ट प्रकासित गरी दिनु भएको थियो ।
म भर्खर १० महिने पत्रकारिता पढदै गरेको विद्यार्थी थिए, मात्र तीन महिना हुँदै थियो तालिमको दिन ,अरे अली शरम त गर पशुपति क्षेत्र बिकासकोषका राष्ट्र सेवकहरु यो रिपोर्ट प्रकाशित पछी जिर्नोद्वार कामले तिव्रता लिएको मलाई याद छ । लु भयो पशुपती बिकास कोशलाई भुङ्रोमा हालौ, यो विश्वरुपा भगवतीको मन्दिर जङ बहादुरले बनाएर घण्टा समेत् चढायेको त्यहाको घण्टामा पढ्न सकिन्छ । राणा खानदानीका कुल देवी भगवती हुन विश्व रुपा, कम्तिमा आफ्नो कुलदेवीको रक्षा र सम्भार त गर हे बलभद्र कुँवर र जंग बहादुर राणाका शन्ततीहरु ।

लेखक

मिरा राज भण्डारी

तपाईंको प्रतिकृयाहरू