एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर निष्कासन तथा बिक्री खुल्ला

प्रकाशित मिति: ३१ असार २०७७, बुधबार १९:४३

एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले यहि मिति २०७७ श्रावण १६ गतेदेखि सर्वसाधारणमा रु ३३,९८,०४,६०० ।– (अक्षरेपी तेत्तिस करोड अन्ठान्नब्बे लाख चार हजार छ सय रुपैंया मात्र) बराबरको साधारण शेयर निष्काशन तथा विक्रि खुल्ला गर्र्ने निर्णय गरेको ब्यहोरा अवगत गराउन चाहन्छौं ।
यस संस्थाको जारी पूँजी रु. १,१३,२६,८२,१०० ।– (अक्षरेपी एक अर्व तेह्र करोड छब्बिस लाख बयासी हजार एक सय मात्र) को ३०% अर्थात रु. ३३,९८,०४,६०० ।– रकम बराबरको रु.१००।– अंकित दरका ३३,९८,०४६ कित्ता शेयरमध्ये ६७,९६१ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र १,६९,९०२ कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी रहने ३१,६०,१८३ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिनेछ ।
सर्वसाधारणमा शेयर निष्काशन गर्नको लागी धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ ।यस प्रकारको कम्पनीको यो नितान्त पहिलो प्राथमिक निष्काशन IPO रहेको छ ।
सार्वजनिक निष्काशनमा (प्राथमिक निष्काशन, थप सार्वजनिक निष्काशन, ऋणपत्र, अग्राधिकार शेयर) लगानी गर्न अपनाउनुपर्ने प्रकृयाहरुः
१. इच्छुक लगानिकर्ताको आफ्नो हितग्राही खाता -Demat Account_ हुनुपर्दछ । हितग्राही खाता सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट अनुमति प्राप्त सदस्यहरु मार्फत जस्तै सानिमा बैंक÷सानिमा क्यापिटल वा कुनै पनि बैक तथा बित्तीय संस्थाहरु, धितोपत्र विक्री व्यवसायी -Securities Broker) वा मर्चेण्ट बैंकरकोमा सक्कल कागजातका साथ स्वयम् उपस्थित भई हितग्राही खाता खोल्न सकिनेछ ।
आवश्यक कागजातहरु:
क्र.सं. नेपाली नागरिकको हकमा गैह्र आवासिय नेपाली नागरिकको हकमा नाबालकको हकमा
१. नागरिकता प्रमाणपत्रको प्रतिलिपी गैह्र आवासिय नेपाली परिचयपत्रको प्रतिलिपी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
२. हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १÷१ प्रति (नाबालक तथा संरक्षकको)
३. – – संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

२. लगानिकर्ताको नेपालमा आफ्नै नाममा बैंक खाता रहेको हुनुपर्दछ ।
आवश्यक कागजातहरु
क्र.सं. नेपाली नागरिकको हकमा गैह्र आवासिय नेपाली नागरिकको हकमा नाबालकको हकमा
१. नागरिकता ÷ राहदानी प्रमाणपत्रको प्रतिलिपी गैह्र आवासिय नेपाली परिचयपत्रको प्रतिलिपी जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपी
२ हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो १ प्रति हालसालै खिचिएको पासपोर्ट साइजको फोटो ११ प्रति (नाबालक तथा संरक्षकको)

३ – – संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी

३. लगानिकर्ताले सार्वजनिक निष्काशनमा आवेदन दिनको लागी सि.आर.एन नम्बर -C-ASBA Registration Number) आबश्यक पर्दछ । सि.आर.एन नम्बर भनेको हितग्राही खाता र बैक खाता विच लिङ्क गराउने प्रकृया हो । यसको लागि लगानिकर्ताले आफ्नो बैंक खाता रहेको बैंकमा सम्पर्क गर्नुपर्दछ । यस क्रममा बैंक खातामा रहेको ब्यक्तिगत विवरण र हितग्राहि खातामा रहेको ब्यक्तिगत विवरण समान हुनुपर्दछ ।
४. लगानिकर्ताले सि.आर.एन नम्बर पाइसके पछि मेरो शेयर अनलाइन मार्फत वा सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्थामा गई सार्वजनिक निष्काशनमा आवेदन दिन सक्नेछन् । मेरो शेयरको अनलाइन लग–इन पासवर्ड आफ्नो हितग्राही खाता खोलेको संस्थामा गई प्राप्त गर्न सकिनेछ । मेरो शेयर मार्फत संसारको जुनसुकै स्थानबाट पनि सार्वजनिक निष्काशनमा आवेदन दिन सकिनेछ ।

५. बाँडफाँडमा परेको शेयर आफ्नो हितग्राहि खातामा स्वतः जम्मा हुनेछ भने नगद लाभांश बैंक खातामा स्वतः जम्मा हुनेछ ।
६. हितग्राही खातामा भएको धितोपत्र विक्री गर्नको लागि नेपाल स्टक एक्सचेञ्ज लि. (नेप्से) बाट अनुमति प्राप्त धितोपत्र ब्यवसायीको -Securities Broker_ मा खाता खोली स्वयम उपस्थित भई वा सानिमा क्यापिटलले प्रदान गरिरहेको 3 in 1 Service बाट वा धितोपत्र ब्यवसायि मार्फत प्राप्त नेप्सेको अनलाइन प्रणाली बाट विक्री गर्न सकिनेछ ।

थप जानकारीका लागी यस संस्थाको तल उल्लेखित सम्पर्क नम्वरहरुमा सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गरिन्छ ।
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड
चावहिल प्लाजा, तेश्रो तल्ला, चावहिलचोक, काठमाण्डौ
सम्पर्क नम्वर : ९७७-०१-४४९४९२४, ४४९२९३९,
E-mail:[email protected]
www.nrnil.com

तपाईंको प्रतिकृयाहरू