अनेसासको सदस्य पदमा प्रमोद सारंगको उम्मेदवारी

प्रकाशित मिति: ३० असार २०७७, मंगलवार १६:५६

सौल ,कोरिया- असार २९ अन्तर्राष्ट्रिय साहित्य समाज ( अनेसास)को अधिवेशनमा कवि तथा गीतकार प्रमोद सारंगले उम्मेदवारी दिएका छन। विगत दुई दशकदेखि नेपाली भाषा साहित्य र सङ्गीतको उन्नयनमा उल्लेखनीय योगदान दिएका उम्मेदवार सारंगले विभिन्न संघ संस्थामा रहेर काम गरिसकेका छन! कोरिया क्याप्टरमा २ पटकसम्म अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका सारंगले कोरिया च्याप्टरलाई आफ्नो कार्यकालमा दोस्रो Best Chapter Award पनि दिलाएका छन् । अबको अनेसास साझा अनेसासको रुपमा स्थापित गर्न आफू कटिबद्ध रहेको जानकारी दिए।

       उर्जाशील कर्मठ र ईमान्दार उम्मेदवार सारंङ्ले विभिन्न पुस्तक प्रकाशन ,सम्पादनलगायत अनुवाद साहित्यमा पनि योगदान दिएका छन्। कोरिया च्याप्टरको संस्थापक संयोजक पनि रहेका सारङले सद्स्य पदमा उम्मेदवारी दिनुको प्रमुख एजेन्डाहरूमा अनेसासको चौतर्फी विकास र विस्तारको लागि पहल गर्दै नेपाली भाषा व्याकरणको मानकीकरण , विधागत साहित्यको शास्त्रीयताको संरक्षण ,डायस्पोरिक साहित्यको उत्थानमा जोड दिंदै ती सर्जकहरूको तथ्यांक विवरण सङ्कलन ,भाषानुवादको माध्यमबाट साहित्यको अन्तर्राष्ट्रियकरण , अन्तर्राष्ट्रिय सभा सम्मेलन र विमर्शहरूको निरन्तरता रहेका छन्l

          अनेसास कोरियाको संस्थापक संयोजकसमेत रहेका सारंगले भाषा साहित्यको विश्वव्यापीकरण गर्न स्रष्टाहरूलाई समन्वय गर्दै साझा र व्यवस्थित अनेसासका लागि पहलका लागि उम्मेदवारी दिएको जानकारी दिए। कोरिया च्याप्टर साहित्यको उन्नयनमा अनवरत सक्रिय रही आएको च्याप्टर हो । विश्वभर २ हजार २ सय आजीवन सदस्यता रहेको अनेसासको निर्वाचनमा जुलाई १७ देखि १९ सम्म मतदान गरिनेछ।

तपाईंको प्रतिकृयाहरू