सिओल महानगरका मेयर मृर्त अवस्थामा भेटिए,आत्महत्याको आशंका

प्रकाशित मिति: २६ असार २०७७, शुक्रबार ०३:२४
अशोक मैनाली /सिओल।सौल महानगरका मेयर पार्क उन सून मृ्त अवस्थामा फेला परेका छन् ।परिवारले उनि हराएको खबर गरेपछि प्रहरीले घण्टौ लगाएर खोजी गर्दा उनि मृर्त अवस्थामा फेला परेका हुन्। ६४ बर्षका पार्कको शव बुकाक पहाडमा भेटिएको हो। उनको मृत्यू बारे प्रहरीले अनुसन्धान गरिरहे पनि उनले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
उनि घरबाट निस्केको  ४ घण्टा पछि उनकी छोरीले ५ बजेर १७ मिनेटमा आफ्ना पिताको अवस्था अज्ञात रहेको भन्दै प्रहरीलाई खबर गरेकी थिईन् ।उनका छोरीका अनुसार फोनमा अचम्म लाग्दो कुरा गर्नासाथ पिताको मोबाईल बन्द भएको थियो।उनको मोबाईलको सिंनाल देखिएको पार्क वरपर ७७० जना प्रहरी,दमकल,एम्बुलेन्स,ड्रोन,तालिम प्राप्त कुकुर परिचालन गरिएको थियो।
सउल महानगरले बिहिबार स्वास्थ्यको कारणले मेयर कार्यालय आउन नसक्ने भन्दै महत्वपूर्ण बैठकहरू रद्द गरेको थियो।बुधबार मात्र उनको पूर्व सेक्रेटरीले उनि बिरूद्द यौन दूर्यव्यवहारको आरोप लगाउदै प्रहरीमा उजूरी दिएकी थिईन् ।सन् २०१७ मा सेक्रेटरीको रूपमा काम गरेकी उनले मेयर पार्क संग भएको कुराकानीको प्रमाण समेत पेश गरेको बताईएको छ।प्रहरीले यसबारे अनुसन्धान गरिरहेको छ।
२०११ मा मेयरमा निर्वाचित पार्क उनि आफ्नो तेस्रो तथा अन्तिम कार्यकालमा थिए। सत्तारूढ प्रजातान्त्रिक दलबाट २०२२ को सम्भावित उम्मेदावारका रूपमा हेरिएका थिए।

तपाईंको प्रतिकृयाहरू