कोरियामा एक नेपाली सुतेकै अवस्थामा मृत फेला

प्रकाशित मिति: २४ असार २०७७, बुधबार २०:२४

कोरियामा कार्यरत एक नेपालीको सोमबार राती सुतेकै अवस्थामा निधन भएको छ। मोरङ जिल्ला बिराटनगर स्थायी घर भइ हाल कोरियाको आनसान स्थित एक मोटर पार्ट कम्पनीमा कार्यरत ३८ वर्षीय ओम प्रकाश माझी सुतेकै अबस्थामा मृत फेला परेका हुन। डायनामिक मोरङ कमिटिका अध्यक्ष विनोद बुढाथोकीका अनुसार उक्त कम्पनीमा उनी मात्र नेपाली रहेको र साहुले अन्य देशका कामदार ल्याउने नेपाली नल्याउने भनी दिइएको जानकारी पश्चात एक्लो महसुस गर्दै आएका उनी पहिला देखिनै निन्द्रा नलाग्ने र डिप्रेसनको औषधि सेवन गर्दै आएका थिए।मृतक माझी कम्पनिले उपलब्ध गराएको खिसुक्सामा(कम्पनीले उपलब्ध गराएको कोठा) एक्लै बस्दै आएका थिए। सोमबार बेलुका काम सकेर परिवार सँग कुरा गरेर सुतेका माझी मंगलबार बेलुका सम्म पनि कम्पनी र परिवारको सम्पर्कमा नआएपछि कोठामा जादाँ ढोकाको चुकुल लागेको अवस्था त्यसपछी उनका सहकर्मी ले स्थानीय प्रहरीमा खबर गरी प्रहरीको सहायतामा उनी बस्ने खिसुक्साको ढोका खोलेर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । मृतक माझी पाच वर्षे कार्यकाल पूरा गरि करिब तीन वर्ष अगाडि पुन कोरिया प्रबेस गरेका हुन। माझिको परिवारमा बुबा आमा श्रीमती र दुई वर्षका एक छोरा रहेका छ्न। उनलाइ हाल आन्सान हस्पिटलमा राखिएको छ भने अहिले सम्म उनको मृत्युको कारण खुलाइएको छैन।

तपाईंको प्रतिकृयाहरू