जनै पुर्णिमा भव्य रुपमा मनाईयो

प्रकाशित मिति: २२ असार २०७७, सोमबार ०६:१६

पर्व समय सुधार राष्ट्रिय समाज नेपालका अध्यक्ष महेश्वर राजोपाध्याय महा सचिव वलराम श्रेष्ठ सहितले भब्य रुपमा जनैपूर्णिमा मनाएका छन।नेपाल सरकारका सदस्य सचिव हरिनारायण मल्लजीकोमा डोरो बाध्ने जनै लिएर जाने जिम्मा पाएकोले केही कुरा गर्ने अवस्था सिर्जना भयो। उहाँका अनुसार भरत पुर, भक्तपुर, गोर्खा, पोखरा ,लगायत ठाउमा भब्यरुपमा मनाउने गरिएको छ। महा मण्ड्लेष्वर विनोद के सी र वहाँका परिवार सहितले बडो श्रद्धाका साथ डोरो तथा जनै ग्रहण गरे।2065साल पुस १६ गते एक महिना समय सार्नु पर्ने निष्कर्ष सहित समिती गठन भयो। सोही समितिका सदस्य सचिव हुन हरिनारायण मल्ल ,त्यहा पनि करिब 30 जना भक्त हरू उपस्थिति रह्यो । हरेक ठाउमा डोरो बाध्ने तथा जनै लगाउने गरि भब्यरुपमा कार्यक्रम सम्पन्न भएको छ।पन्चाङ निर्णायक समितिको मान्याता बिषुव दिनलाई मान्ने गरिएको छ(दिन रात उति नै समय हुनेलाई बिषुव दिन मान्ने मान्यता रही आएको छ।वसन्त ऋतुको विश्व लाई वसन्त विश्व।सरद ऋतुको लाई शरद विषव मान्ने चलन छ।चैते दसैलाई फाल्गुन दसैमा सार्नु पर्ने देखिन्छ।प्रत्येक 72 वर्षमा एक अष्टा मान्ने मान्यता अनुसार फरक बढ्दै जाने यो क्रमलाई कल्प वा एन भन्ने गरिन्छ।२६ हजार वर्षमा एक चक्र पूरा हुन्छ।ब्रम्हा जीको एक दिन एक कल्प हुने गर्दछ।हाल २४ अन्श सरिसकेको पात्रोहरूले जनाएको छ।यसरी वसन्त विषुव चैत ७ गते आइसकेको छ।एक एक महिना सार्दै जाने चलल वैदिक कालदेखी नै चलिआएको छ।यो प्रकृयालाई मनु परिवर्तन मन्वन्तर परिवर्तन भन्ने गरिन्छ।हाल रहेको वैवष्वर मन्वन्तर सावर्णी मन्वतरमा परिवर्तन भै सकेको छ।यसै गरि सबै चाडहरू महिना दिन सार्नु पर्ने देखिन्छ।यो पात्रो मिलाउने परम्परा पश्चिमा जगतमा नि देखिन्छ।रूसी अक्टोवर क्रान्ती नोभेम्बर ७ मा पर्नुले नि पुष्टि गर्दछ।यसरी पात्रो मिलाउनु पर्ने समयमा नमिल्दा अनेक अनिष्ट हुने गरेको विज्ञहरूले बताए। अहिलेको पात्रो नमिलेकोले अनेक अनिष्ट हुने गरेको कुरा सदस्य सचिव हरिनारायण मल्लले बताउनु भयो।यो मान्याता विस्वव्यापी भएको सन्दर्भमा हामी चाहिँ त्यही पूरानै परम्परामा हिड्नु राम्रो हुदैन।बडा दसै ,तिहार, तीज ,र सबै पर्वलाई १-१ महिना सार्नु नै वैज्ञानिक हुने कुरा बताए । (लेखक कमलप्रसाद अर्याल ) सामुदायिक सेवाकेन्द्र ट्याग्लाफाटका सचिव लायन्स क्लब हाइभिजनका सन्चार प्रमुख)

तपाईंको प्रतिकृयाहरू