सुदुर पश्चिम समाज दक्षिण कोरीया र सेन्ट वि रेमिट्यान्स बीचमा समझदारी पत्रमा हस्ताक्षर

प्रकाशित मिति: २० असार २०७७, शनिबार १४:३२

 

“कोरोना विरुद्धको लड़ाईमा ऐक्यवद्धता! पिसिआर मेशिन जडानमा हाम्रो सक्रिय सहभागिता” भन्ने नारा का साथ सुदुर पश्चिम समाज दक्षिण कोरीया सुरु गरिएको महान यस अभियानमा ऐक्यवद्धता जनाउँदै र संस्थाद्वारा आगामी दिनमा गरिने कार्यक्रमलाई थप प्रभाकारी र दायरा अझ फराकिलो बनाउने उदेश्यका साथ Sentbe Remittance र सुदुर पश्चिम समाज दक्षिण कोरीयाका विभिन्न वुँदामा सहमति गर्दै एक समझदारी पत्रमा हस्ताक्षर गरेको छन् । महत्वोपुर्ण बुदाको रुपमा हेरिएको संस्थाका लागि Sentbe Remittance को तर्फबाट 500,000 वोन सुरुवाती सहयोग रहेको छ। समझदारी पत्रमा Sentbe को तर्फबाट कम्पनीका उपाध्यक्ष र निर्देशन ब्रुस ली त्यसै गरि सुदुर पश्चिम समाज दक्षिण कोरीयाका अध्यक्ष वीर बहादुर पलका हस्ताक्षर रहेको छ।यस सराहनीय कदमका लागि विशेष भुमिका निर्बाह गर्नु हुने डा. अग्नि राज कोईराला प्रति हामी आभारी छौं ।

यस सझेधारीले हाल दक्षिण कोरीयामा रहनु हुने सुदुर पश्चिमका ब्याक्तित्व तथा सम्पुर्ण नेपालीहरु लाई थप ऐक्यवद्ध हुँदै कार्यक्रमहरु गर्न भुमिका निर्वाह गर्छ भन्नेमा हामी पुर्ण बिस्वत छौँ । यस कार्यक्रममा प्रत्यक्ष – अप्रत्यक्ष रूपमा जोडी सहयोग गरि दिन हुने विभिन्न सघ -संस्था एवंम सम्पुर्ण ब्याक्तित्वका लागि अनुरोध गर्दछौं ।

सहभागी हुने तरिकाहरु:
हजुरहरु सवैले आफ्नो मोबाईलमा Sentbe को application डाउनलोड गरी, सुदुर पश्चिम समाज दक्षिण कोरीयाको रेफर कोड”NP19 ” हालि रजिस्ट्रेसन गर्नु भयो भने, 10,000 वन संस्थाको खातामा जम्मा हुनेछ ।यस कोड बाट गरिएको कारोबारबाट केही रकम कोषमा थप हुने छ।

हजुरहरुले आफ्नो र आफू नजिकको साथी वा परिवर लाई जनकारी दिई यस अभियानलाई सफल पारिदिनु हुन र आगामी दिनमा यस्ता किसिमका कार्यक्रम गर्न हौसला दिन सबैमा विनम्र अनुरोध गर्दछौं ।यो हजुरको सानो सहयोग हामी र समग्र नेपालका लागि रहनेछ।

 

तपाईंको प्रतिकृयाहरू