भुकम्प देखि लकडाउन सम्मको ५ बर्षे कोरिया यात्रा

प्रकाशित मिति: १४ असार २०७७, आईतवार ०९:०९

संजिब घिमिरे

   स्नातक तहको अध्ययन करिब करिब समाप्त हुने चरणमा थियो जति दिन नजिकिदै जान थालेको थियो उति अाफ्नो भविष्य के हुने होला भन्ने पिर चिन्ता सेकेन्ड /सेकेन्ड भएर बढ्न थालेको थियो । यसै क्रममा आफ्ना निकटवर्ती साथीहरू संग छलफल पनि गरिरहेको थिए।साथीहरू कोही अध्ययनलाई निरन्तरता,कोहि व्यापार ,कोहि सरकारी जागिर(लोकसेवा आयोग) तयारीको सुझाव दिन्थे।बि.बि.एस दोस्रो बर्ष पढ्दा कोरियन भाषा पढेर कोरिया जान पाईने कमाई पनि राम्रो हुन्छ भन्ने कुरा साथी भाईबाट सुनेको थिए।बि.बि.एस तेस्रो बर्षको परिक्षा सकेको दिनबाट मेरो मस्तिष्कमा दुई विकल्प खेल्न थाले।लोक सेवा आयोगको तयारी वा कोरियन भाषा पढेर परिक्षाको तयारी ।परिक्षा सकेको एक हप्तामा लोकसेवाको विज्ञापन गोरखापत्रमा हेरे र सोहि आधारमा अनामनगर गएर हेटाैडामा परिक्षा दिने गरेर मध्यामान्चल स्तरिय फाराम भरे। जब म फाराम भरेर गेट नजिक पुगेर सामान्य ज्ञानकोपुस्तक किन्न लागेको थिए त्यँहा सामान्य ज्ञानको पुस्तक भन्दा बढि कोरियन भाषाका पुस्तक देखे।सो दिन १२० रूपैयाँ पर्ने सामान्य ज्ञानको पुस्तक किनेर डेरामा फर्के।त्यो दिन रातभर निद्रा लागेन ।भोलिपल्ट कोरियन भाषा कस्तो खालको भाषा हो कसरी कुन कुन चरण पार गरेर कोरिया जान सकिन्छ भन्ने जिज्ञासा मेटाउन सामाखुसी बाट बागवजार लागे। १ हप्ता भर बागवजारका विभिन्न Institutes हरूमा गएर बुझे।लोकसेवा आयोग भन्दा कोरियन भाषा परिक्षा बढि विश्वासिलो लाग्यो कारण थियो लोकसेवामा कोटा छुट्टाउनु।२०७१ साल बैशाखबाट पोखरा विश्व मैत्री बागवजारमा पढ्न थाले।

  पढ्ने, फाराम भर्ने ,परिक्षा तयारी एक साथ गर्न थाले।असोज १०/११ गते परिक्षा दिए सफल पनि भए।मङ्सिरमा १ गते मेडिकल रिपोर्ट पनि अायो ।त्यसपछि कोरियाजाने चरणहरू सुरू हुन थाले। २०७२ साल बैशाख १२ गते(सबैभन्दा ठुलो भुकम्प आएको दिन)नै मेरो कोरिया जानको लागि Issue भएको थियो।यो दिन जिवनभर बिर्सन नसकिने दिन बन्यो मेरा लागि।एवम् रूपले अन्य प्रकृया अगाडि बढ्यो असार १४ गते अर्थात June 29 को फ्लाईटमा काठमाडौं -बैंकक हुँदैकोरिया प्रस्थान गरियो।३ दिनको Traning पछि आ-आफ्नो कम्पनिका साहु (साजाङ्निम्)हरू आएर लैजानु भयो ।सुरू सुरूमा भाषा पनि नजान्ने कामको मेलो मेसो नपाउनु अलिक अप्ठेरो भयो।दिन महिना बित्दै गए काम पनि सिक्न थालियो बसाइँ सहज हुँदै गयो ।

 १/२/३हुँदै ४बर्ष १० महिना हुन लागेको थियो तर परिस्थिति सहज भएन।विश्व भर फैलिएको कोरोना भाईरस (COVID-19) ले विश्वभर असरगर्दा हामीलाई पनि असर नगर्ने कुरै भएन।कम्पनिमा टिकट काटेर देखाईसकिएको अवस्था थियो | March देखि नै अन्तराष्टिय उडान बन्द भएको कारण देखाउँदै कोरियालि रोजगार सेन्टरले Auto-50days भिषा थप गर्यो।नेपाल सरकारले पटक पटक उडान स्थगित गर्नाले ५० दिन सकिँदा पनि भिषा थप गर्नुपर्ने समस्या ले हामी विदेशी कामदार लाई प्रत्यक्ष असर पर्यो।हाम्रो समस्या विभिन्न सन्चार माध्यममा प्रसारण हुन थालेपछि राजदुतावासले पनि चासो देखाएर घर फिर्ति अनलाईन फाराम खुल्ला गर्यो।सो फाराम ९७२ जनाले भरेको राजदुतावासले जानकारी दिएको छ।राजदुतावासको पहल र NRNA Korea को समन्वयमा पहिलो चरण कोरिया बाट २३८ जना फर्किसकेका छौं।दोस्रो चरणको पनि ३०० जना को नामावली प्रकाशित भईसकेको छ।स्वदेश फर्कन अनिवार्य PCR Test गरेर मेडिकल रिपोर्ट ईन्छनएअरपोर्ट,त्रिभुवन अन्तराष्टिय एयरपोर्ट र सेना को होल्डिङ सेन्टरमा देखाउनु पर्ने हुन्छ।सोहि मेडिकल रिपोर्ट को अाधार मानेर कोरियाबाट फर्कनेलाई Home quarantine पठाउने ब्यवस्था नेपाली सेनाले गरेको छ।अहिले हामि पहिलो चरणमा नेपाल आउनेहरू सबै सुरक्षित रूपमा Home quarantine मा बसेका छौं।

(लेखक-संजिब घिमिरे ५ बर्ष कोरियाको पहिलो कार्यकाल सकि नेपाल फर्केर हाल होम क्वारेन्टाइनमा बसिरहेका छन् )

तपाईंको प्रतिकृयाहरू