छाेटाे फिल्म “सामाजिक दुरी” सार्वजनिक (भिडीयाे सहित)

प्रकाशित मिति: ६ असार २०७७, शनिबार २१:३९

सन्तोष अर्याल काठमाडौं । सञ्चारकर्मी विमल भट्टराईद्धारा निर्देशित छाेटाे फिल्म सामाजिक दुरी शनिबार साँझ darpan tv nepal यूटुब च्यानलमा सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरेर बनाइएको मुभिमा शहरबाट गाउँ आएको एक युवालाई गाउँलेले हेर्ने नजर र त्यहाँ उत्पन्न परिस्थिती र उसले गर्नु परेको आत्महत्या सम्मको बारेमा वर्णन गर्न खोजिएको छ । मिन रानाको प्रमुख भुमिका रहेको यस सटमुभीमा लक्ष्मी गैरे, पुरन अधिकारी, रेशम अधिकारी, गणेश पराजुली र विमल भट्टराईको साथै स्थानियहरुको पनि अभिनय देख्न पाइन्छ । यस फिल्म लाई कुमार बुडाले लेख्नुभएको हो । सञ्चारकर्मी भट्टराई दर्पण पोष्ट डटकमका सञ्चालक तथा खबर 24 नेपाल डटकमका नवलपरासी प्रमुख हुनुहुन्छ । भिडीयाे हेर्नुहोस ।https://youtu.be/Jsg7YakjV38

तपाईंको प्रतिकृयाहरू