बिमल भट्टराईले निर्देशन गरेकाे छाेटाे फिल्म “सामाजिक दुरी” ट्रेलर सार्वजनिक

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार २२:४९

सन्तोष अर्याल काठमाडौं ।  सञ्चारकर्मी विमल भट्टराईद्धारा निर्देशित छाेटाे फिल्म सामाजिक दूरीको टेर्लस सार्वजनिक भएको छ । कोरोना भाइरस (कोभिड १९) लाई लक्षित गरेर बनाइएको सटमुभिमा शहरबाट गाउँ आएको एक युवालाई गाउँलेले हेर्ने नजर र त्यहाँ उत्पन्न परिस्थिती र उसले गर्नु परेको आत्महत्या सम्मको बारेमा वर्णन गर्न खोजिएको निर्देशक विमल भट्टराइले जानकारी दिनुभयो । मिन रानाको प्रमुख भुमिका रहेको यस सटमुभीमा लक्ष्मी गैरे, पुरन अधिकारी, रेशम अधिकारी, गणेश पराजुली र विमल भट्टराईको साथै स्थानियहरुको पनि अभिनय देख्न पाइन्छ । यस सटमुभीलाई कुमार बुडाले लेख्नुभएको हो । सञ्चारकर्मी भट्टराई दर्पण पोष्ट डटकमका सञ्चालक तथा खबर 24 नेपाल डटकमका नवलपरासी प्रमुख हुनुहुन्छ ।

तपाईंको प्रतिकृयाहरू