गुल्मी सत्यवती गाऊँपालिकाका ४ जनामा करोना संक्रमण पुस्टी,२ जना अस्लेवा कोलडाडाका।

प्रकाशित मिति: १ असार २०७७, सोमबार ११:००

सन्दीप पाण्डे

गुल्मी सत्यवती गाऊँपालीका वडा १ ,६र७ का ४ जना युवामा कोरना संक्रमण पुस्टी भएको हो। प्रदेश ५ को जनस्वास्थ्य कार्यालय भैरहवामा गरिएको पीसीर परीक्षण गर्दा उनीहरुमा कोराना पोजेटिभ देखिएको हो।संक्रमित ४ जना मध्ये सत्यवती १ अस्लेवा कोलडाडा को क्वारेनटाईनमा बसेका२ जना,वडा ५ ज़ोहाँग खैरेनिको क्वाँरेनटाइन मा बसेका १ र वडा न.६ जूनियाको क्वारेनटाइनमा बसेका १ यूवा हुन।संक्रमित सबै युवा १४ दिन अघि भारतबाट आएका थिए।ऊनीहरू४ जना २५-३० वर्षउमेर समूहका हुन।संक्रमित ४ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको र उनिहरूहरूलाई सत्यवती गाऊँपालिका खैरेनीमा रहेको आइसोलेसनमा भर्ना गर्ने तयारी भईरहेको पालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिनुभयो।

तपाईंको प्रतिकृयाहरू