सांसद केसीले संसदमा उठाए सडकको ‘इनफ इज इनफ’ को नारा

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आईतवार १४:५३

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडकमा लागेको नारा ‘इनफ इज इनफ’लाई संसदमा उठाएको छ ।

संसदको आइतबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस सांसद राजेन्द्र केसीले जनता सडकमा आइसकेको बताए ।

कोरोनाविरुद्धको लडाईमा कांग्रेसले सरकारलाई सुरुदेखि साथ दिँदै आएको तर प्रधानमन्त्रीले विपक्षीले असहयोग गरेको भनेको भन्दै उनले थपे, ‘लोकलाज त राखिदिनुस् प्रधानमन्त्रीज्यू ।’

जनता भोकले मर्न थालेको तथा क्वारेन्टिनमा राम्रो व्यवस्था गर्न नसक्दा मानिसहरू ज्यान गुमाउन थालेको सांसद केसीले बताए । उनले अघि भने, ‘प्रधानमन्त्रीज्यूलाई भन्छु, इनफ इज इनफ । कन्ट्रोल गर्नुस् । अब जनता सडकमा आइसके । हामी पनि थाम्न नसक्ने अवस्था होला ।’

तपाईंको प्रतिकृयाहरू