सरकारले उद्दार गर्ने चार्टर उडानको भाडा अत्यधिक महंगो

प्रकाशित मिति: ३१ जेष्ठ २०७७, शनिबार ११:४४

काठमाडौं सरकारले उद्दार गर्ने चार्टर उडानको भाडा अत्यधिक महंगो देखिएको छ। बैंकक काठमाडौं बैंकक नेपाल एअरलान्सको नियमित उडान हुदा दुइतर्फी सामान्य भाडा रु करिब तीस हजारबाट सुरु हुन्छ। तर समस्यामा परेका नेपाऐको उद्दार गर्ने प्रयोजनको लागि नेपाल सरकारको एकतर्फी उडान बैंकक काठमाडौंको मात्र रु रु ४७३०० तोकेको छ। बैंकक काठमाडौं मात्र होइन अन्य गन्तव्यको भाडा पनि नसुहाउदो देखिन्छ । चार्टर उडान महंगो पर्ने हुनाले व्यावसायिक उडान गर्न सम्बन्धित पक्षले दिएको सुझावबारे छलफल भएपनी सरकार निर्णयमा पुग्न सकेको छैन ।

तपाईंको प्रतिकृयाहरू